२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

अञ्चल प्रहरी कार्यालयको पर्व विशेष कार्ययोजना, ‘जुवाडेलाई उन्मुक्ति छैन्’



सदरलाइनडटकम  IMG_9752
१४ असोज, नेपालगन्ज : अञ्चल प्रहरी कार्यालय भेरीले पर्वको समयमा जुवातास खेल्ने जुवाडे नियन्त्रणको लागि विशेष कार्य योजनाका साथ लाग्ने भएको छ । अञ्चल प्रहरी कार्यालय भेरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी चार्ड पर्वका बेलामा फाईदा उठाउदै जुवातास खेल्ने र खेलाउनेहरुको पहिचान गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरी प्रहरी परिचालित भएको जनाएको छ ।
अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक धिरू बस्न्यातले दसैं, तिहार र छठ लगायतका चार्ड पर्वको समयमा हुनसक्ने अपराधिक घटना र सवारी दुर्घटनालाई रोक्न १० बुँदे सुरक्षा कार्ययोजना तयार गरी लागू गर्दै विशेष रुपले जुवातास नियन्त्रणको लागि परिचालित हुने बताए ।
उनले अघिल्लो वर्षमा भेरी अञ्चलका विभिन्न ५४ ठाँउमा भएको जुवातासको अखाडाबाट १२८ जुवाडे र २८ लाख नगद संकलन गरिएको जानकारी दिदै भने–‘हामीले पटके जुवाडेलाई यस पटक त्यस्ता जुवाडे पक्राउ परेमा कुनैपनि हालतमा नछाडिने गरी प्रहरी परिचालित गरिएको छ ।’
उनले पर्वको बेलामा हुन सक्ने सवारी दुर्घटना, जुवातास, चोरी डकैती, कालाबजारी, सीमावर्ती क्षेत्रमा हुनसक्ने लुटपाट लगायतका घटना नियन्त्रणका लागि सरकारी कार्यालय सँगको समन्वयमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बस्न्यातले चाडपर्व मनाउन भारतबाट घर फर्किएका नेपाली कामदारहरुलाई सीमावर्ती क्षेत्रमा नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने र सुरक्षा चेक जाँचका नाममा हुने अबैध असुलीलाई कडाईका साथ नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसँग समन्वय गरिएको दावी गरे ।

IMG_9754
उनले भने–‘चार्डपर्वका बेला दैनिक ४० हजार मानिस नेपालगन्ज रूपैडिया नाकाबाट ओहोर दोहोर गर्ने गरेकोले सो बेलामा हुनसक्ने अबैध असुलीलाई समेत निस्तेज गर्दै शुन्य सहनशिलताको सिद्धान्त अपनाउदै एकीकृत सुरक्षा चेक प्वाईन्ट स्थापना गरेर काम अघि बढाएका छौ ।’
उनले सवारी साधनहरुमा क्षमता भन्दा बढी यात्रु राख्ने, तोकिएको भन्दा बढी भाडा असुल गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने जस्ता कार्यलाई कडाइका साथ नियन्त्रण गरेर चाडपर्वमा सुरक्षित र सहज रुपमा आफन्तसँग भेटघाटका लागि यात्रा गर्न सक्ने वातावरण मिलाएको प्रहरी बरिष्ठ उपरिक्षक बस्न्यातले बताए ।

प्रकाशित मिति : २०७३ असोज १४ गते शुक्रबार
ताजा समाचार