स्टेशनरी व्यवसायी कपिलको पक्षमा, बुद्धिजिवी परिषदको प्रचार सहयोग समिति

४ भाद्र २०७३, शनिबार १४:०३
 

75   सदरलाइनडटकम
४ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको भदौ ११ मा हुने निर्वाचनमा नेपालगन्जका स्टेशनरी व्यवसायीहरुले कपिलप्रसाद अधिकारीले नेतृत्व गरेको समावेशी साझा समूहलाई सघाउने भएका छन्् । शनिवार नेपालगन्जमा भेला गरी उनीहरुले समावेशी साझा समूहप्रति समर्थन जनाएका हुन् ।
भेलामा पुगेका समावेशी साझा समूहबाट अध्यक्ष पदकाBuddijeebee उम्मेदवार कपिलप्रसाद अधिकारीलाई स्टेशनरी व्यवसायीले स्वागत गर्दै समावेशी साझा समूहको धारणा प्रस्तुत गर्न अवसर दिएका थिए ।
स्टेशनरी व्यवसायका समस्याका वारेमा पहल गरिदिन अनुरोध गरेको अध्यक्ष पदका उम्मेदवार कपिलप्रसाद अधिकारीले जानकारी दिए । स्टेशनरी व्यवसायीहरुले गरेको स्वागत सम्मानले आफु उत्साहित भएको बताए
यता समावेशी साझा समूहका उम्मेदवारहरु सहरदेखि ग्रामिण क्षेत्रमा पुगेका छन् । जिल्लाको पूर्वीक्षेत्र कुसुम, अघैया, शम्शेरगन्ज, ढकेरी क्षेत्रका व्यापारी मतदाताको आमन्त्रणमा शनिवार आफ्नो घरदैलोमा पुगेका उम्मेदवारलाई भव्य स्वागत गरेका छन् ।
समावेशी साझा समूहका उम्मेदवार नै आफूहरुको आस्था र भरोसाको केन्द्र भएको भन्दै ती क्षेत्रका व्यापारी मतदाताहरुले स्वागत गरेका थिए । ग्रामिण क्षेत्रका व्यापारीको हकहित र समस्यालाई पनि प्राथमिकता दिन सुझाएको अध्यक्ष पदका उम्मेदवार कपिलप्रसाद अधिकारीले जानकारी दिए । Ghoshana
समावेशी साझा समूह साँचिच्चकै समावेशी र साझा देखिएको भन्दै मतदाता व्यवसायीहरुले नेपालगन्ज वाणिज्य संघलाई समावेशी र साझा बनाउन पनि कपिल अधिकारी नेतृत्वको समूलाई जिताउन जरुरी रहेको प्रतिक्रिया दिएका थिए ।
समावेशी साझा समूहले सहरदेखि ग्रामिण क्षेत्रसम्मका सबै मतदाता व्यापारीको घरदैलोमा पुगी व्यवसायी समस्याका वारेमा छलफल गर्दै निर्वाचन प्रचार प्रसार गरिरहेको समावेशी साझा समूह प्रचार प्रमुख भीम सुवेदीले जानकारी दिए ।
यसैबीच नेपाल वुद्धिजीवी परिषद् बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा कपिल अधिकारीले नेतृत्व गरेको समावेशी साझा समूहलाई विजयी गराउन सहयोग समिति गठन गरेको छ ।14021480_136412860137572_4377791167303641332_n
शनिवार बसेको परिषद्को विस्तारित बैठकले केन्द्रीय सदस्य प्राध्यापक कृष्णकुमार लम्सालको संयोजकत्वमा जिल्ला अध्यक्ष प्राध्यापक भुवनेश्वर लामिछाने र सचिव वेणीदत्त घिमिरे सदस्य रहेको निर्वाचन सहयोग समिति गठन गरेको हो ।
सो समितिले वुद्धिजीवी परिषद्का सबै साधारण सदस्यलाई समावेशी साझा समूहका उम्मेदवारलाई जिताउन आग्रह गरेको छ । परिषद्को वैठकमा सम्वोधन गर्दै अध्यक्ष पदका उम्मेदवार कपिल अधिकारीले आफूहरु नीति र विधिका आधारमा निर्वाचनमा होमिएको उल्लेख गर्दै प्रवुद्ध वुद्धिजीवीबाट पूर्ण सहयोगको अपेक्षा गरेको बताए ।
कार्यक्रममा उपाध्यक्षका उम्मेदवारहरु रचना श्रेष्ठ, तनवीर जमाल हलवाई र सदस्य पदका उम्मेदवार बिनोदकुमार राठीको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समावेशी साझा समूहको प्रतिवद्धता : नेपालगन्जको व्यावसाय र विकासलाई प्राथमिकता

४ भाद्र २०७३, शनिबार १४:०३
सदरलाइनडटकम ४ भदौ, नेपालगन्ज: नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा कपिल अधिकारीले नेतृत्व गरेको समावेशी साझा समूहले पश्चिम नेपालको व्यापारिक तथा औद्योगिक नगर नेपालगन्जलाई प्रदुषण रहित र सुन्दरीकरण गर्ने नीति र कार्यक्रम सार्वजनिक गरेको छ । समूहको न्यूरोडस्थित सचिवालयमा आयोजित पत्रकार सम्मेलन गरी २७ बुँदे नीति र कार्यक्रम सहितको प्रतिवद्धतापत्र सार्वजनिक […]