कटुवा पेस्तोलसहित बाँकेमा दुई भारतीय नागरिक पक्राउ

सदरलाइन संवाददाता २९ माघ २०७८, शनिबार १४:३७
 

नेपालगञ्ज : डाँका चोरी गरेको आरोपमा बाँकेमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको रुपइडिहास्थित निबिया गाउँ बस्ने वर्ष २६ का डब्लु मनिहार र बाबागन्ज बाबाकुट्टी बस्ने वर्ष २८ का निजामुद्दिन कबडिया कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ सितबजार बस्ने पर्शुराम सार्कीको घरबाट पुष २९ गते राती सुनसहित ३ लाख ३५ हजार लुटेको र माघ १७ गते बाँकेको खजुरा गाउँपालिका डि गाउँ बस्ने हरिप्रकाश डिसीको घरबाट ५० हजार नगद, साढे तीन तोला सुन र पल्सर मोटरसाइकल लुटेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय खुर्द खजुराबाट गएको प्रहरी टोलीले जानकी गाउँपालिका वडा नं. ५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित दुबै जनालाई पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्योपानेले जानकारी दिए । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकाले पोल्यान्डमा थप तीन हजार सैनिक पठाउने

२९ माघ २०७८, शनिबार १४:३७
काठमाण्डौ : अमेरिकाले पोल्यान्डमा थप तीन हजार सैनिक पठाउने भएको छ । रुसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले थप सुरक्षा बल खटाउन लागेको हो । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्यान्डमा थप तीन हजार सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको समाचार संस्था एएनआईले जनाएको छ । उनीहरु […]