वडाध्यक्षसहित सात जुवाडे पक्राउ

२९ आश्विन २०७६, बुधबार १४:३६
 
फाइल तस्विर ।

सदरलाइनडटकम,
कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलवार राति जुवा खालबाट वडाध्यक्ष, सरकारी कर्मचारीसहित सात जनालाई पक्राउ गरेको छ । धनगढी उप महानगरपालिका ३ बाट बाजुराको खप्तड छेडे दह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावत, नेपाल आयल निगम धनगढीका उप प्रबन्धक नरबहादुर ऐर, खाद्य संस्थानका एक जना कर्मचारी सहित सात जना पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट प्रहरीले ८८ हजार ४०५ नगद रुपैयाँ र तीन गड्डी तास बरामद गरेको जनाएको छ । वडाध्यक्ष, सरकारी कर्मचारीसहित धनगढी उपमहानगरपालिका–३ का ४३ वर्षीय हरि सिंह बोहरा, वडा नम्बर ३ का ३७ वर्षीय गणेश बहादुर साउद, ४३ वर्षीय तारा चन्द, ३३ वर्षीय प्रकाश भाट र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का ४८ वर्षीय गिरीराज पाण्डेय रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Next Post

सहसचिवसहित विभिन्न पदमा आवेदन खुल्यो

२९ आश्विन २०७६, बुधबार १४:३६
सदरलाइनडटकम, काठमाण्डौ : लोकसेवा आयोगले सहसचिव र उपसचिवसहित विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । राजपत्राङ्कित प्रथम श्रेणीका लागि सहसचिव वा त्यो सरह एवं राजपत्राङ्कित दित्तीय श्रेणीका लागि उपसचिव वा त्यो सरह पदका लागि आयोगले दरखास्त आह्वान गरेको हो । निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा […]