सदरलाइनडटकम
२३ साउन, नेपालगन्ज : द्वन्द्वपीडित महिलाको आय आर्जन तथा उनीहरुमा नेतृतव विकास गर्नको लागि निष्पक्ष नामक संस्थाले बाँकेमा आफ्नो कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । युएन वुमेनको आर्थिक सहयोगमा स्थानीय स्तरमा द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल मार्फत बाँकेका द्वन्द्वपीडित महिलाका लागि १८ महिने कार्यक्रम सञ्चालनमा हुने निष्पक्षकी अध्यक्ष राजिन रायमाझिले जानकारी दिईन ।
एकमाया विकले सहजिकरण गरेको सो कार्यक्रममा संस्थाकि कोषध्यक्ष उपासना राणाले परियोजनाले २० लाख ५९ हजार ५० रुपैया जिल्लाका विभिन्न महिला समूह मार्फत उनीहरुको मागका आधारमा परिचालन गरिने जानकारी दिईन । ‘द्वन्द्वपीडित महिलाको समूह निर्माण गरी समुहको आयआर्जनका लागि उनीहरुको माग अनुसारका तालिम संगै आर्थिक सहयोग गरिने योजना गरेको छ’–उनले भनिन ।
सो अवसरमा नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोईरालाले महिलालाई आर्थिक रुपले सवल बनाउने कार्यमा आफ्नो पार्टीको सहयोग रहने बताईन । उनले शिक्षामा समेत महिलाको अवस्था बलियो बानउनको लागि विभिन्न क्षेत्रको पहल हुनु पर्नेमा जोड दिईन ।
शोभा विसिले स्वागत तथा कार्यक्रम माथि प्रकाश पारेको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, प्रहरी प्रमुख टेकप्रसाद राई, एमालेका विजया धिताल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष अक्षरी पोख्रेल, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका रमेश थापालगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)