सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँके नरैनापुर गाउँपालिका वडा नं. ५ स्थित क्वारेन्टाइनमा आइतवार विहान एक युवकको मृत्यु भएपछि गाउँपालिकाले ब्यवस्थापन र प्रभावकारी तयारी नगरेको भन्दै तनाव उत्पन्न भएको छ ।
गतसाता बुधवार भारतको मुम्बईबाट आएका नरैनापुर ५ बस्ने युवकको क्वारेन्टाइनमा आइतवार एकाविहानै मृत्यु भएको थियो । उनीहरुको रेखदेखका लागि खटिएका स्वास्थ्यकर्मीहरु क्वारेन्टाइन क्षेत्रमा थिएनन् ।
विहान पुगेका उनीहरुलाई क्वारेन्टाइनमा बसेका युवाहरुले भित्र पस्न दिएनन् । शनिवार स्वाब संकलन भएकोले उक्त रिपोर्ट आएपछि मात्र थप के गर्ने भन्नेबारे प्रष्ट हुने नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए ।
आफ्नो साथीको शव त्यत्तिकै रहेको अवस्थामा आफु खाना र नास्ता केहि नखाने र आफुलाई घर पठाउनु पर्ने क्वारेन्टाइनमा बस्ने युवाहरुले माग अघि सारेका छन् । शव अहिले पनि क्वारेन्टाइनमै राखिएको छ ।
Next Post
बाँकेमा निधन भएका युवकमा कोरोना पुष्टि, मृतकको संख्या २ पुग्यो
४ जेष्ठ २०७७, आईतवार १६:३४
सम्बन्धित
-
३ श्रावण २०८०, बुधबार १३:१०
सवारी साधनको कारबाहीबाट २ करोड बढि राजस्व संकलन
-
६ कार्तिक २०७५, मंगलवार १४:४२
चिनियाँ राष्ट्रपतिद्वारा ‘मेगा ब्रिज’को उदघाटन
-
१९ मंसिर २०८०, मंगलवार १८:२६
एमालेको कार्यक्षमता देखेर विरोधी आत्तिए, पार्टी भित्रैकै हरिया सर्प सलबलाए : एमाले अध्यक्ष ओली
-
२१ आश्विन २०७४, शनिबार १९:०९
लयान्सको नेपालगन्जमा शुभकामना आदान प्रदान कार्यक्रम
-
१२ माघ २०७७, सोमबार १५:२८
राप्ती नदीमा बनेको पुलको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
-
२० बैशाख २०७९, मंगलवार १५:२५
बाँकेमा ६२ लाखको सुनको गर गहनासहित एक पक्राउ