संस्थानको पानीमा बालुवा,उपभोक्ता हैरान

११ बैशाख २०७५, मंगलवार १०:००
 


सदरलाइनडटकम
११ बैशाख, नेपालगन्ज : खानेपानी संस्थानले नेपालगन्जमा बितरण गरेको पानीमा बालुवा नै बालुवा देखिएको छ । बिभिन्न ठाउँका धाराहरुबाट बालुवा मात्रै आउन थालेपछि उपभोक्ताहरु वाक्क भएका छन् ।
नेपालगन्जको कोरियनपुर लगायत अन्य केही ठाउँमा उपभोक्ताका घरमा जडान गरिएका धाराहरुमा बालुवा आउन लागेको गुनासो गरिएको छ । ‘पानी भरेको भाडामा बालुवा नै बालुवा देख्न पाईन्छ । संस्थानको पानीले दाल पकाउने हो भने खाने बेला दातमा बालुवा लाग्छ ।’—कोरियनपुर भेरी प्राविधिक शिक्षालय क्षेत्रका एक उपभोक्ताले भने,—‘संस्थानको पानीमा बालुवा लाग्न थालेपछि जारको पानी पिउन थालेको छौं ।’
गर्मी महिना लागेका कारण शुद्ध पानी नपाउँदा उपभोक्ताहरु निकै डराएका छन् । फोहोर पानीले बिरामी भइने होकी भन्ने त्रास उनीहरुलाई छ । नेपालगन्जमा अहिले ठाउँ ठाउँमा सडक निर्माण भइरहेको र सो क्रममा खानेपानी संस्थानले जडान गरेका पाईपहरु काटिएको र निर्माण भइरहेकाले बालुवा आएको हुनसक्ने आशंका गरिएको छ । यता संस्थाले आफुले बितरण गरेको पानीको शुद्धतामा ध्यान दिदै आएको बताएको छ ।

Next Post

मानपुर दुर्घटनमा महिलाको मृत्यु, दुई घाइते

११ बैशाख २०७५, मंगलवार १०:००
सदरलाइनडटकम ११ बैशाख, नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा मंगलबार बिहान भएको सडक दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । जानकी गाउँपालिका मानपुरमा भे १ त ४००६ नं ट्याक्टर मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार, दुर्घटना […]