डा. कनोडियालाई कोरोना संक्रमण

सदरलाइन संवाददाता २० आश्विन २०७७, मंगलवार १७:१९
 

नेपालगञ्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । डा. कनोडियालाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा असजिलो महसुश भएपछि मंगलवार उनले कोरोना परीक्षण गराएका थिए । रिपोर्ट पोजेटिभ आएपछि होम आईसोलेशनमा बसेको कनोडियाले बताएका छन् ।


फेसबुमार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै उनले पछिल्ला दिनहरुमा आफ्नो सम्पर्कमा रहेका महानुभाबहरुलाई सजगता अपनाउनुका साथै स्वास्थ्यमा कुनै समस्या आएमा स्वास्थ्यकर्मीहरुसँग परामर्श गर्न आग्रह गरेका छन् ।

Next Post

बाँकेमा बुधवार ३६ जना डिस्चार्ज

२० आश्विन २०७७, मंगलवार १७:१९
नेपालगञ्ज : बाँकेमा बुधवार ३६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ११ महिला र २५ पुरुष रहेका छन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिए । अब आइसोलेसनमा बाँकेका […]