२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

शिक्षक संगठन र संघको छुट्टाछुट्टै तीज कार्यक्रम



IMG_8653

दरलाइनडटकम
५ भदौ, नेपालगन्ज : नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके महिला विभागले तीज विषेश कार्यक्रमको आयोजना कोहलपुरको त्रिभुवन उमाविमा सम्पन्न गरेको छ । संगठनका केन्द्रीय सचिव जया पौडेलको प्रमुख आतित्थ्यमा सम्पन्न भएको सो कार्यक्रममा जिल्लाका शिक्षक नेता एवं विभिन्न संघ संस्थाका प्रतिनिधि तथा प्रमुखको उपस्थिति रहेको थियो ।
संगठनका अध्यक्ष एकदेव पन्थीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष बाबुतरुण गौतम, जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापा, अनेमसंघ बाँकेका अध्यक्ष बिम्मीरानी पन्थी, नेपाल निजामति कर्मचारी संगठनका मञ्जु कोईरालालगायतले शुभकामना व्यक्त गरेका थिए ।
संगठनका महिला विभाग प्रमुख शान्ति गौतमको अध्यक्षतामा सम्पनन कार्यक्रमपछि तीजको दर खुवाउनुको साथै विभिन्न संस्कृतिक कार्यक्रमका साथ नाचगान गरी रमाईलो गरिएको थियो ।
IMG_8657

IMG_8685

IMG_8661यसैबीच नेपाल शिक्षक संघ बाँके महिला विभागले पनि नेपालगन्जको सरस्वती उमाविमा तीज विशेष कार्यक्रमका साथै दरखाने कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष रुद्र बहादुर ओलीको उपस्थितिमा कार्यmक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७३ भदौ ५ गते आइतबार
ताजा समाचार