२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँदरले मकै खाइदिएपछि गाविसमा राहत माग !



सदरलाइनडटकम13906981_1053732664709580_5815581751198337457_n copy
१८ साउन, प्यूठान : प्यूठान ओखरकोटका एक किसानले बाँदरले दुःख दिएको भन्दै गाविसको कार्यालयमा राहत माग गर्दै निवेदन दिएका छन् । ओखरकोट–५ का अनन्तप्रसाद पोख्रेलले साउन १० गतेका दिन बाँदरको एक हुलले आफ्नो ३ रोपनीको मकैबाली नष्ट गरेकोे भन्दै राहतको माग गरेका हुन् ।
उनले अवस्थाको निरीक्षण गरी राहत दिन माग गरेका छन् । उनले गाविसमा दिएको निवेदनमा भनिएको छ, ‘म ओखरकोट गाविस–५ बस्ने अनन्त राज पोख्रेलको घरवारी करिव ३ रोपनीको मकै बालीमा बहुसंख्यामा आएको बाँदरको बगालले मिति २०७३÷४÷१० गतेका दिन पूर्ण रुपमा नष्ट गर्नुका साथै घर भित्रको अनाज र अंगेनामा पकाउन लागेको खाना समेत छिरविर पारि दिएको र धपाउन खोज्दा कुटपिट समेत गर्न खोजेकोले मैले हारगुहार मागि बल्लतल्ल धपाएकोले खव मेरो घरमा मकै बाली १ घुगा पनि बाँकी छैन घर भित्र अनाज पनि छिरविर पारि दिएको छ यो विपत अवस्थालाई हेरी निरीक्षण गरि केहि राहत उपलब्ध गराईदिनु हनु यो निवेदनका साथ अनुरोध गर्दछुं ।’
पोख्रेलको पत्रले आफुलाई गम्भीर बनाएको भन्दै गाविस सचिव शान्तराज गौतमले सो पत्र आफ्नो सामाजिक सञ्जाल फेसवुकमा राखेका छन् ।

 

प्रकाशित मिति : २०७३ साउन १८ गते मंगलबार
ताजा समाचार