Sadarline
२०८३ असोज २४ , शनिबार

प्यूठानका बाढिपहिरो पीडितको गुनासो एक साता वित्यो, राहत पुग्न सकेन



Pyuthan Pahiro (2) copy

विजयसिंह भारती/सदरलाइनडटकम
१७ साउन, प्यूठान :सडक सञ्जाल पूर्णरुपमा ठप्प हुँदा यहाँका बाढी पहिरो पीडितहरुसम्म राहत पुग्न सकेको छैन् । बाढी र पहिरोका कारण एक सातादेखि विस्थापितहरु विद्यालय, सामुदायिक भवन तथा छिमेककोमा आश्रय लिइरहेका छन् । जिल्लाभर गरी १ सय ८६ घर पूर्ण रुपमा क्षति भएको छ । ८ सय २५ जना विस्थापित छन् ।
जिल्लाका विभिन्न सामाजिक संघ संगठनहरुले राहत संकलन गरिरहेको भए पनि बाटोको कारण त्यसलाई पीडितसम्म पु¥याउन कठिन भएको हो । शनिवार डोजरको प्रयोग गरेर बाटो खुलाउँदै फोप्लीका विस्थापितसम्म लगिएको केहि राहत सामाग्री माझकोट–५ खोलीगाँऊमा रोकिएको होटल व्यवसायी संघ प्यूठानका अध्यक्ष चन्द्रलाल न्यौपानेले बताए ।
‘बाटो खुलाउन निक्कै कठिन भयो’ राहत रोकिएको जानकारी दिँदै उनले भने, ‘पीडितसम्म पु¥याउन गाविस सचिवलाई हस्तान्तरण गर्ने प्रयास गरेका छौं ।’ राहत सामाग्री वितरणको व्यवस्था मिलाउन गाविसले ४ वटा उपसमिति समेत गठन गरेको छ । राहत सामाग्री रोकिएको ठाँऊबाट पीडितसम्म पुग्न चार घण्टा पैदल Pyuthan Pahiro (5) copyहिड्नु पर्ने स्थानीय विनोद भण्डारीले जनाए ।
गैर सरकारी संस्था महासंघ जिल्ला शाखा प्यूठानले ४० घरपरिवारका लागि चामल, चाउचाउ, नुन, तेल संकलन गरेको छ । त्यस्तै स्थानीय फुलवारी एकीकृत ग्रामीण विकास संस्था र कारितास नेपालले ५७ परिवारका लागि खाद्यान्न सामाग्री संकलन गरेको छ । संकलित सामाग्री पीडितसम्म पु¥याउन नसकिएको गैसस  महासंघका जिल्ला अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । गैससमा कार्यरत कर्मचारीहरुले दुई दिनको पारिश्रमिक बराबरको रकम सहयोग उठाइरहेका छन् । संकलित राहत सामाग्री पीडितसम्म पु¥याउनु राज्यको दायित्व भएको कांग्रेस प्यूठानका सचिव देवेन्द्र बर्माले बताए । ‘राज्यले गर्नुपर्ने काम नागरिकले गरेका छन् ।’ ,उनले भने, ‘सरकारी तवरबाट सहयोग भएको पाँइदैन ।’

SAMSUNG CAMERA PICTURES

नेपाली सेनाद्वारा राहत वितरण
पीडितहरुका लागि नेपाली सेनाले हेलिकप्टर मार्फत राहत वितरण गरेको छ । पहिरोबाट आफन्त गुमाएका, बिस्थापित र उच्च जोखिममा रहेका ९४ पहिवारलाई राहत वितरण गरिएको गोरख बक्स गणका गणपति प्रमुख सेनानी हरीशबहादुर बमले जानकारी दिए । नेपाली सेना, सैनिक श्रीमती संघ, रोटरी क्लवको सहयोगमा चामल, दाल, कम्बल, स्वास्थ्य सामाग्री, फिल्टर, घरायसी औजार लगायतका सामाग्री प्रदान गरिएको छ ।Youth Haru copy
‘विप्लप’ माओवादीका युवा प्रभावित क्षेत्रमा
नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयंमसेवकका १० जना युवाहरु आइतबार पहिरो प्रभावित क्षेत्र फोप्लीका लागि प्रस्थान गरेका छन् । पीडितहरुको भएको क्षेत्रमा सरसफाई र खानेपानीको क्षेत्रमा स्वयंसेवक परिचालन गरिने संगठनका जिल्ला अध्यक्ष हरि बस्नेतले बताए ।
आफन्त गुमाएका परिवारलाई नगद सहयोग
बाढि तथा पहिरोमा परि ज्यान गुमाएकाहरुको परिवारका लागि जिल्ला दैवि प्रकोप उद्धार समिति मार्फत ५ हजार र जिल्ला विकास समिति मार्फत ३ हजारका दरले ३९ जनालाई राहत रकम प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुपबहादुर पुनले बताए । काठमाण्डौं निवासी दुर्गाकुमारी कार्कीले जिल्ला प्रहरी कार्यालय मार्फत आफन्त गुमाएका परिवारहरुलाई १० हजारका दरले ३ लाख ९० हजार रुपैयाँ वितरण गरिएको कार्यालयले जनाएको छ ।
प्यूठानभर बाढी र पहिरोमा पुरीएर ३९ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा १० पुरुष, १४ महिला, ८ बाल र ७ बालबालिका रहेका छन् । बाढि र पहिरोका कारण ७ जना घाइते भएका छन् ।

Rescue copy

प्रकाशित मिति : २०७३ साउन १७ गते सोमबार
ताजा समाचार