२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

नेपालगन्ज विमानस्थलको सुरक्षा बढाईयो



सदरलाइनडटकम
१८ साउन, नेपालगन्ज : प्रहरीले नेपालगन्ज विमानस्थलको सुरक्षामा विषेश तालिम प्राप्त गरेका कमाण्डो सहित ‘डग स्क्वाड’लाई पनि परिचलन गर्न थालेको छ । अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक धिरु बस्न्यातले नेपालगन्ज विमानस्थलमा सुरक्षाको लागि विमानस्थलसंबन्धी विषेश तालिम लिएका कमाण्डोलाई खटाईएको जानकारी दिए । IMG_8307 copy
उनले वर्षभरीमा करिव २ लाख मानिसको आवागमन हुने सो विमानस्थलमा सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर सो विमानस्थल भएर गन्तब्यमा जाने यात्रुको सुविधा अनुसार सुरक्षा प्रबन्ध मिलाईएको उनले दावी गरे । उनले भने–‘ समयको माग अनुसारको सुरक्षा संयन्त्रलाई सुदृढिकरण गर्दै लैजाने र विमानस्थलमा अनाधिकृत र अनावश्यक प्रवेशलाई निरुत्साहित पार्ने कोशिस हुने छ ।
उनले नेपालगन्ज विमानस्थलमा तालिम प्राप्त कुकुरलाई समेत परिचालन गरी सुरक्षा जाँच गर्न थालिएको जानकारी दिए । सीमा क्षेत्रबाट हुनसक्ने असामाजिक तथा गैर कानूनी गतिविधि नियाल्नको लागि प्रहरी सक्रियता बढाईएको जानकारी दिदै उनले भने–‘ सीमा क्षेत्रको अपराध नियन्त्रण गर्नको लागि प्रहरी सक्रियता बढाउनुको साथै प्रहरीले विभिन्न खाले टुल्सको प्रयोगमा ल्याउने गरेको छ । त्यसको एक रुप ‘डग स्क्वाड’ पनि हो ।’ उनले सीमा क्षेत्र, विमानस्थल र हाईवेमा समय मिउलाउदै छड्के चेकजाँच गर्ने गरी ‘डग स्क्वाड’लाई परिचालन गरिएको स्पष्ट पारे ।

 IMG_8288 copy IMG_8291 copy IMG_8297 copy IMG_8300 copy IMG_8303 copy

प्रकाशित मिति : २०७३ साउन १८ गते मंगलबार
ताजा समाचार