२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

नेपाल क्यान्सर अस्पताल खजुरा असार २९देखि सञ्चालन हुँदै



IMG_1511

सदरलाइनडटकम
२६, असार नेपालगन्ज : नेपाल क्यान्सर अस्पताल खजुरा बाँकेले असार २९ गतेबाट आफ्नो ओपिडी सेवा सुचारु गर्ने भएको छ । प्रखर परोपकार मिसन नेपालद्वारा सञ्चालनमा ल्याउन लागिएको सो अस्पतालको ९ औ साधारण सभाको अवसरमा सो जानकारी दिईएको हो ।
अस्पताल निर्माण समितिका अध्यक्ष किस्मत कुमार कक्षपतिले अस्पतालको ओपिडि सेवा असार २९ गते विधिवत रुपमा सञ्चालनमा ल्याईने गरी तयारी अगाडि बढाईएको जानकारी दिए । चार विगाह क्षेत्रफलमा निर्माण हुन लागेको सो अस्पताल मध्य तथा सुदूरपश्चिमको पहिलो क्यान्सर अस्पताल हो । एक सय सैयाको क्षमता भएको सो अस्पतालको विभन्न युनिट सञ्चालनको लागि आवश्यक पर्ने ८ वटा भवन मध्ये केही निर्माण पुरा भएको र केही हुने चरणमा रहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले उद्दघाटन गरेको सो साधारण सभामा नेपाली काँग्रेसकी सभापति किरण कोईराला, एमालेका अध्यक्ष अशोक कोईराला, माओवादी केन्द्रका डम्बर बिक तुफान, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष रुद्र सुवेदी, मध्यपश्चि खेलकुद विकास समितिका भिम ओली लगायतले शुभकामना ब्यक्त गरेको थिए ।

प्रकाशित मिति : २०७३ असार २६ गते आइतबार
ताजा समाचार