नेपालगन्ज उप–महानगरपालिले ३४ प्रतिशत अयबृद्धि गरे पनि लक्ष पुरा गर्न सकेन

५ श्रावण २०७३, बुधबार १३:१५
 

IMG_7392


सदरलाइनडटकम,
५ साउन, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७२/०७३ आन्तरिक आयमा ३४.४४ प्रतिशत वृद्धि गरेको छ । यद्यपी उप–महानगरपालिकाले गत आर्थिक वर्षको लागि प्रक्षपण गरेको लक्षको भने ७० प्रतिशत मात्र उठाउन सकेको छ ।
गतवर्ष ५ करोड ३० लाख आयवृिद्ध भएकोमा यसपाली ७ करोड ९६ लाख अर्थात ३४.४४ प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष ०७२।०७३ को एक अर्व ३६ करोड ७२ लाख ३७ हजार बजेट (एकिकृत शहरी विकास आयोजनासमेत) मध्ये ८२ करोड ९७ लाख ३७ हजार खर्च भएकोे नेपालगन्ज उप–महानगरपालिकाले जनाएको छ ।
उप–महानगरपालिका घोषणाको लागि न्यूनतम शर्त पुरा गर्नको लागि उप–महानगरपालिका लागि १० करोड राजस्व हुनु पर्ने प्रावधान अनुरुप गत आर्थिक वर्ष २०७२/०७३ मा प्रक्षेपित ११ करोड ४४ लाख मध्ये ७ करोड ९६ लाख रुपैया मात्रै राजस्व उठाउन सकेको कार्यकारी अधिकृत हेमराज भूषालले जानकारी दिए ।  नेपालगन्ज उप–महानगरपालिकाले पत्रकार सम्मेलनको आयोजना  गर्दै नगरपालिका अनुदान, स्थानीय विकास शुल्क र जगेडा कोषको सम्पूर्ण रकम खर्च भएको जानकारी दिएको छ ।
उप–महानगरपालिका घोषणापछि महात्वाकांक्षी आन्तरिक आय संकलन वजेट लक्ष्य तर्जुमा गरेपनि एकिकृत सम्पति कर संकलन र घर नक्शा पास इजाजत प्रमाणपत्रमा केही नीतिगत कठिनाईले अपेक्षाकृत थप आयवृद्धि गर्न नसकिए पनि सुधारोन्मुख देखिएको कार्यकारी अधिकृत हेमराज भुसालले दावी गरे ।
कार्यकारी अधिकृत भुसालले आन्तरिक आयवृद्धसँगै भौतिक पुर्वाधार (सडक, ढल, नाली) विकास,  खुला दिसामुक्त वडा घोषणा, सौर्य सडक वत्ति जडान, घर नक्सा पास लगायतका काममा उल्लेखनीय प्रगती भएको तथ्य प्रस्तुत गरेका थिए ।
न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा अघिल्लो वर्ष ४३ अंक ल्याएको उप–महानगरपालिकाले ०७२/०७३ मा  ६६ अंक ल्याएर सुधार गरेको तथ्य प्रस्तुत गरेको छ । ७८ आयोजना (क्रमागंत) मध्ये ७५ वटा योजना आव ०७२÷०७३ मा सम्पन्न भएको र ३ वटा अझै चालु रहेको उप–महानगरपालिका प्राविधिक तथा योजना शाखाका इञ्जिनियर सुरज गुप्ताले जानकारी दिए ।
पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म सौर्य सडकबत्ती जडान गरेको उप–महानगरपालिकाले ९ किलोमिटर सडक ग्रावेल र माटो पटान, ११ वटा भवन निर्माण तथा मर्मत, एकसय ३७ मिटर नालीलगायत १४ वटा आयोजनामा अनुमानित ६ करोड ३२ लाख ८३ हजार खर्च भएको योजना शाखाले जनाएको छ ।
यस्तै ०७२/०७३ मा ११ वटा वडा खुला दिशामुक्त घोषणा गरेको उप–महानगरपालिकाले एक हजार ५ सय ११ घर निर्माण ईजाजत र निर्माण सम्पन्न प्रमाण पत्र, ७ हजार ९सय ७९ जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरेको जनाएको छ । यसैगरी ४ हजार १ सय १२ जन्मदर्ता, ५ सय १२ मृत्युदर्ता, ४ सय ३ बसाई सराई, ९ हजार ५ सय ६० विबाह दर्ता र ८ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन् । उपमहानगरपालिकाले बसपार्क निर्माणको कार्य आरम्भ गर्दै व्यवस्थित निर्माणको कामलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युएनडिपि नेपालका उप–राष्ट्रिय निर्देशक खाजेद्वारा ग्रामिण उद्यमी महिलासंग अन्तरक्रिया

५ श्रावण २०७३, बुधबार १३:१५
 सदरलाइनडटकम, नेपालगन्ज : युएनडिपि नेपालका उप–राष्ट्रिय निर्देशक सोफी किम खाजेले नेपालगन्ज उप–महानगरपालिका–२८ राधाकृष्ण कृषि सहकारी संस्था पुरैनीका उद्यमी महिलाहरुसंग भेट गरी उनीहरुसंग अन्तरक्रिया समेत गरेकी छन् । उनीहरुसंगको भेटमा सहकारी र कृषक समूहले गरेको कामको अवस्थाको निरिक्षण गर्नको लागि पुरैनी आफु आई पुगेको जानकारी दिदै भनिन–‘ म तपाईहरुको अवस्था र […]