युएनडिपि नेपालका उप–राष्ट्रिय निर्देशक खाजेद्वारा ग्रामिण उद्यमी महिलासंग अन्तरक्रिया

६ श्रावण २०७३, बिहीबार ०६:१७
 

 सदरलाइनडटकम, नेपालगन्ज : युएनडिपि नेपालका उप–राष्ट्रिय निर्देशक सोफी किम खाजेले नेपालगन्ज उप–महानगरपालिका–२८ राधाकृष्ण कृषि सहकारी संस्था पुरैनीका उद्यमी महिलाहरुसंग भेट गरी उनीहरुसंग अन्तरक्रिया समेत गरेIMG_1843की छन् । उनीहरुसंगको भेटमा सहकारी र कृषक समूहले गरेको कामको अवस्थाको निरिक्षण गर्नको लागि पुरैनी आफु आई पुगेको जानकारी दिदै भनिन–‘ म तपाईहरुको अवस्था र तपाईले गरेको प्रगति हेर्न आईपुगेकी छु ।’ उनले खासगरी त्यहाँका गृहणी महिलाको अवस्था र उनीहरुले उद्यमशिलता सम्बन्धी लिएको तालिम पछिको अवस्था बुझ्न आएकी हुन ।
अस्ट्रेलियन सरकारको सहयोगमा युएनडिपि नेपाल र सरकारको उद्योग मन्त्रालयले सञ्चालन गरेका कार्यक्रमहरुको अवलोकन गर्नको लागि उप–राष्ट्रिय निर्देशक खाजे पुरैनी पुगेकी थिईन । युएनडिपी नेपाल र उद्योग मन्त्रालयले जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा) अन्तरगत पुरैनी लगायतका विभिन्न समूहमा विभिन्न खालका सहयोग गर्दै आएको छ ।
सहकारीका अध्यक्ष समेत रहेका गोपी यादवले डिमेगाको सहयोगले व्यासायिक खेती गर्ने तालिम, सिचाईको मोटर, विउ विजन जस्तो सहयोग पाएको जानकारी गराएका थिए । उनले बाटोको अभावले आफ्नो उत्पादनले भनेको जस्तो मूल्य पाउन नसकेको गुनासो गर्दै भने–‘सहकारी भवनसम्म आउने बाटो असजिलो भएकोले तरकारी व्यापारी यहाँसम्म आउनै मान्दैनन् । आईहाले पनि बोकाएर लैजानु पर्छ भनेर मूल्य नै दिन मान्दैनन ।’
बसुदेवपुरकी भूमा खत्रीले बेमौसमी तरकारी खेतीले आफुहरुको दिनाचार्यमा परिवर्तन भएको बताउदै पहिलेको काम र अहिले तालिम लिएपछि काम गर्दा धेरै परिवर्तन भएको बताईन । उनले भनिन–‘ पहिला हामीहरु परम्परागत तरिकाले खेती गर्दथ्यौ घरमा खानलाई पनि पुग्न धौ–धौ हुने गरेको थियो तर, अहिले डिमेगाको सहयोगमा लघु उद्यमशिलता सम्बन्धी तालिममा सहभागि भएपिछ अवस्था बदलिएको छ ।’
उनी जस्तै सावित्री रेग्मी, लक्ष्मी रेग्मी, मनिसा खत्री, बासमती यादवलगायत ७५ जना बेमौसमी तरकारी खेति गर्ने किसन हुन । उनीहरु सबै समूह हुँदै सहकारीमा आवद्ध छन् । मासिक बचत गर्ने, तथा बचतको सदुपयोग गर्नको लागि ऋण लगानी गर्ने गरेको सुनाए ।
‘आवश्यक उपकरण र विउविजन नहुँदा काममा असहज हुने गरेको छ । उत्पादन बिक्रिको लागि सहज हुने गरी बाटो निर्माण र तरकारी खेतीको लागि खेत जोत्न टेक्टरको खाँचो भएको बताउदै टेक्टरको लागि सहयोगको अपेक्षा गरेका छौ’–सामुहिक रुपमा भने ।
सो अवसरमा युएडिपि नेपालका उप–राष्ट्रिय निर्देशक खाजेले आफुहरुले लघु उद्यमशिलताको लागि तालिम दिनुकोे साथै उद्यमी बन्नको लागि व्यावसाय छनौट गरेपछि त्यसका लागि आवश्यक पर्ने उपकरण तथा सञ्चालनको बिधि सिकाई दिने मात्र भएकोले सो को अबलम्बन गरी व्यवसाय सञ्चालनको लागि आफैले पहल गर्न पर्ने सुझाव दिईन ।
उनले आफ्नो तर्फबाट अन्य सहयोग तथा सल्लाह सुझाव  निरन्तर रहने प्रबिद्धता व्यक्त गरिन । उनी महिला उद्यमी बास्मती यादवले उत्पादन तरकारी बारीमा पुगेर ‘चिचिण्डा’ तरकारी खेतीको निरिक्षण गरेकी थिईन । उनले ६ कठ्ठा जमिनमा चिचिण्डा खेती गर्दै आएकी छन् । सो अवसरमा पुरैनाका गृहणी उद्यमी महिला र खाब्जेबीच आ–आफ्नो दिनाचार्यदेखि आफुले भोगेका भोगाईको बारेमा छलफल गरेका थिए ।   IMG_1908
IMG_1860
IMG_1893

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

व्यूटीपार्लर व्यावसायले आत्मनिर्भर बनायो अप्सरालाई

६ श्रावण २०७३, बिहीबार ०६:१७
सपना विष्ट/सदरलाइनडटकम, ६ साउन, नेपालगन्ज : हुनेखाने महिलाको कपाल काट्नेदेखि रुप सिंगार्ने ठाँउले चिनिएको व्यूटीपार्लरमा अहिले सबै महिलाको पहँुच पुगेको छ । कुनैै बेला थियोे ब्यूटीपार्लर ब्यावसाय भन्ने बित्तिकै नकारात्मक दृष्टिले हेरिन्थ्यो । तर, अहिले अवस्था फेरीएको छ । मात्र फेशनको रुपमा व्यूटीपार्लरलाई नलिई कपाल, अनुहार छालाको उपचारको राम्रो थलो […]