नेपालगञ्जको ‘भ्यु होटल सिद्धार्थ’ सम्मानित

सदरलाइन संवाददाता ४ कार्तिक २०८०, शनिबार १३:२१
 

नेपालगञ्ज : सिद्धार्थ बिजनेस ग्रुपद्वारा नेपालगञ्जमा सञ्चालित भ्यु होटल सिद्धार्थ ’साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ । मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्टमा नेतृत्वदायी भुमिका खेलेको भन्दै सो अवार्डबाट होटललाई सम्मानित गरिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताए ।

नेपाल सहित विभिन्न ६ राष्ट्रको प्रतिनिधित्व रहेको यस संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ । जसअन्तर्गत यस वर्षको सो अवार्ड होटल सिद्धार्थ नेपालगञ्जले पाएको हो ।

होटलका तर्फबाट सो अवार्डकार्यक्रममा ग्रुपका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने, कर्पोरेट सेल्स एण्ड मार्केटिङ म्यानेजर निर्पेश श्रेष्ठ र क्लस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नविन भट्टले सहभागी थिए । होटल सिद्धार्थमा विभिन्न क्षमताका ६ वटा हल छन् । ११०० जनाभन्दा बढी अट्ने हल सहितका अन्य हलहरूमा विभिन्न सभा/सम्मेलन गर्न सकिने होटलले जनाएको छ ।


फोर स्टार स्ट्याण्डर्डको यस होटल वि.सं.२०६५ भदौदेखि सञ्चालनमा आएको हो । होटलमा स्विट, जुनियर स्विट, फ्यामिली स्विट, डिलक्स र स्ट्याण्डर्ड प्रकृतिका १२५ वटा रुम छन् । फाइभ स्टार स्ट्याण्डर्डको सेवाहरू दिँदै आएको यस होटलमा रेस्टुरेन्ट, इन्टरनेसनल कुजिन, रुफटम रेस्टुरेन्ट, पुल बार, डे डाइनिङ लगायतका सुविधा छन् । जहाँ ग्राहकले आफ्नो रुची अनुसारको अनुभव लिन सक्नेछन् ।

होटलमा १३ हजार ५०० स्क्वायर फिटमा फैलिएको ब्याङ्क्वेट हल छ । साथै स्पा, सलोन र फिटनेस सेन्टर समेत रहेको छ । होटलबाट नजिकैको दूरीमा नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर, नेपालगञ्जको पूरानो बजार, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, सन्तानेश्वर मन्दिर, महेन्द्र पार्क लगायत छन् । जहाँ होटलका ग्राहकहरूले मज्जाले अवलोकन गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाद्य उत्पादनमा योगदान गरेका किसान पुरस्कृत

४ कार्तिक २०८०, शनिबार १३:२१
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले प्रदेशमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । विश्व खाद्य दिवस पारेर प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले खाद्य वस्तुमा योगदान गरेका विभिन्न क्षेत्रका आठजना किसानलाई पुरस्कृत गरेको हो । कृषि प्रविधिको प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएका किसानलाई निर्देशनालयले नगद रकमसहित सम्मान गरेको हो […]

सम्बन्धित