कवि दीप दर्पणको कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

सदरलाइन संवाददाता १६ आश्विन २०८१, बुधबार ११:४४
 

काठमाडौ  :  कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचित भएको छ । काठमाडौँमा एक कार्यक्रमकाबिच ५२ वटा कविता समेटिएको कविता संग्रह सार्वजनिक गरिएको हो ।

कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योती जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन् ।

कविता संग्रहमा निम्न मध्यम वर्गीय नेपालीले भोगेका यथार्थपरक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

विमोचन कार्यक्रममा बोल्दै कवि तथा गीतकार श्रवण मुकारुङले कविता संग्रहले समाजको यथार्थतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताए ।


समालोचक राजकुमार बानियाँले आफू कविताको भोको रहेको चर्चा गर्दै आफूले अध्ययन गर्न चाहेको कविताहरुमध्ये दीप दर्पणको कविता संग्रह पनि परको बताए । उनले कविताले चित्रण गरेको विषयको गहिराईले पाठकको मन जित्ने बताए ।

कवि ज्योती जंगलले संग्रहका हरेक कविताले कुनै न कुनै कथानक बोकेको चर्चा गर्दै कविले निम्न वर्गीय मर्मलाई चित्रण गरेको बताए ।

रोल्पा स्थायी घर भएका दीप सानैदेखि कविता लेखनमा रुची राख्दथे । साहित्यमा विशेष रुची रहेका उनले फुटकर कविताहरु संचारमाध्यममार्फ्त पाठकसामु ल्याइरहने गरे पनि संग्रह नै ल्याएको भने पहिलो पटक हो ।

पहिलो संग्रहले आफूलाई उत्साहित बनाएको बताउँदै यसबात आउने प्रतिक्रिया र सल्लाह सुझाव अनुसार दोस्रो संग्रह पनि ल्याउने बताए ।

कविता वाचन गर्नेहरु कवि रिमा केसी, महेश छितिज, सुरज राणा र राधिका अधिकारीले कविता संग्रहबाट छानिएका कविता वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेख फलोअप : वडा कार्यालयमा गएनन् कर्मचारी, खोप लगाउन हटाएका कर्मचारी परिचालन

१६ आश्विन २०८१, बुधबार ११:४४
दैलेख :  दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको वडानं. १,६ र ७ का वडा कार्यालय अझै सचिव विहिन बनेका छन । नगरपालिकाको असोज ३ गतेको कार्यापालिकको वैठकले करार कर्मचारी हटाएपछि वडा कार्यालय सचिव विहिन बनेका हुन । पालिकाले सचिव जिम्मेवारी दिएर केही कर्मचारी पठाउन खोजे पनि कर्मचारीले पत्र बुझेका छैनन भने अरु […]