ब्राउनसुगरसहित एक जना पक्राउ

सदरलाइन संवाददाता २४ फाल्गुन २०८०, बिहीबार १५:२२
 

नेपालगञ्ज : ब्राउन सुगरसहित नेपालगञ्जमा एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम नगद ७ हजार ८ सय ५० रूपैयाँ र मोबाइल २ थानसहित सोही ठाउँ बस्ने १९ वर्षीय पवन बर्मा पक्राउ परेका हुन् ।


लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भन्सार गेट अगाडि अवरुद्ध रात्रिकालीन आवागमन सुचारु गराइने

२४ फाल्गुन २०८०, बिहीबार १५:२२
नेपालगञ्ज : नेपालगञ्जस्थित भन्सार कार्यालय अगाडि रातिको समयमा आवागमनमा हुँदैआएको अवरोध हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेले तयारी अघि बढाएको छ । भन्सार कार्यालय अगाडि भारतीय सीमानजिक जमुनाह–नेपालगञ्ज सडकखण्डको बिचभागमा रहेको सुरक्षा ढाटका कारण रात्रिकालीन आवागमनमा अवरोध हुने गरेको जनगुनासोपछि सुरक्षा प्रमुख र भन्सार कार्यालयका प्रमुखसहित स्थलगत अनुगमन गरिएको प्रमुख जिल्ला […]