करेन्ट लागेर बाँकेमा एक युवकको मृत्यु

सदरलाइन संवाददाता २७ श्रावण २०८०, शनिबार १३:५३
 

नेपालगञ्ज : बाँकेमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । आइस्क्रीम बेच्ने रिक्साको चार्जर निकाल्ने क्रममा करेन्ट लागेर बाँकेको जानकी गाउँपालिका वडा नं. ५ स्थित रामगाउँका २९ वर्षीय सोनु इद्रिसीको मृत्यु भएको हो ।


रिक्साको चार्जिङ तार निकाल्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा उनको मृत्यु भएको वडा नं. ५ का वडाध्यक्ष टिकानाथ यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस युनियन बाँकेको १२औं अधिबेशन नेपालगञ्जमा शुरु

२७ श्रावण २०८०, शनिबार १३:५३
नेपालगञ्ज : नेपाल प्रेस युनियन बाँके शाखाको १२ औं जिल्ला अधिबेशन शनिवार नेपालगञ्जमा शुरु भएको छ । नेपालगञ्जस्थित जिल्ला समन्वय समितिको हलमा शुरु भएको अधिबेशनलाई नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले उदघाटन गरेका छन् । युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको विशेष उपस्थितीमा शुरु भएको उदघाटन सत्रमा विभिन्न वक्ताहरुको धारणा राख्ने क्रम […]