२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेका चार गाविसमा विपद् जोखिम व्यवस्थापन परियोजना संचालन



सदरलाइनडटकम427946_138649662948391_467050169_n
३१ असार, नेपालगन्ज : विद्यालयमा आधारित विपद् जोखिम व्यवस्थापनको माध्यमवाट समुदाय, विद्यालय तथा सम्बन्धित सरोकारवालामा विपद् उत्थानशीलता वृद्धि गर्ने उद्देश्यले बाँके युनेस्को क्लबद्धारा जिल्लाका चार गाविसमा बाल केन्द्रीत विपद् जोखिम न्युनिकरण परियोजना संचालन गरिएको छ । क्लवका परियोजना संयोजक दिपेन्द्र चौधरीका अनुसार, जिल्लाका उढरापुर, बेतहनी, कचनापुर र बिनौना गाविसका आठ विद्यालयलाई कार्यक्रम भित्र समेटिएको छ ।
कार्यक्रम अन्तर्गत विद्यालयस्तरीय विपद् जोखिम व्यवस्थापन समिति गठन, बाल क्लब गठन, विद्यालय सुधार कार्ययोजना तर्जुमा, बहुखतरा जोखिम विश्लेषण, आपतकालिन उद्दारका लागि निरन्तर तयारी, गाविसस्तरीय कार्ययोजना निर्माण तथा तयारी, शिक्षक बालबालिकाको क्षमता अभिवृद्धि, तालिम, गोष्ठी लगायतका कार्यक्रम संचालन गरिएका छन ।
सोही परियोजना अन्तर्गत शसक्रबार कचनापुर गाविसमा आयोजित ‘विपद् जोखिम न्युनिकरणका लागि विद्यालय र समुदायबीच समन्वय गोष्ठी आयोजना गरिएको छ । सो कार्यक्रममा सहभागि, राजनीतिक दलका प्रतिनिधि, नागरिक वडा मञ्चका पदाधिकारी, गाविस प्रतिनिधि, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुले विपद् व्यवस्थापनका लागि प्राविधिक र प्रशासनिक पक्षबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
नेपाल रेडक्रस सोसाइटी, बाँके विपद् व्यवस्थापन समितिका संयोजक नरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमा विद्यालय स्रोत व्यक्ति विष्णु शर्मा, सेभ द चिल्ड्रेनका प्रमोद न्योपाने, क्लबका सल्लाहकार नीरज गौतमलगायतले गाँउ समुदायकको साझा प्रयास तथा क्रियाशिलतावाट मात्र विपद् व्यवस्थापन हुन सक्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७३ असार ३१ गते शुक्रबार
ताजा समाचार