बर्दिया निकुञ्जमा १५ हजारभन्दा बढी पर्यटक भित्रिए

सदरलाइन संवाददाता २३ चैत्र २०८२, सोमबार १९:०१
 
समाचार सारांश
Generated Using AI
  • बर्दिया राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ८ महिनामा १५,८०० भन्दा बढी पर्यटक पुगेका छन्, जसमा अधिकांश नेपाली छन्।
  • निकुञ्ज बाघ सजिलै देख्न पाइने स्थानका रूपमा लोकप्रिय बन्दै गएको छ र पर्यटक संख्या हरेक वर्ष बढिरहेको छ।
  • यस अवधिमा प्रवेश शुल्क र अन्य माध्यमबाट करिब ३ करोडभन्दा बढी राजस्व संकलन भएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया :  बर्दिया राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको आठ महिनामा १५ हजार बढी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म १५ हजार आठसय जना पर्यटकले निकुञ्ज प्रवेश गरेका हुन् ।

सहजै बाघ देख्न सकिने निकुञ्जको रुपमा चिनिएको बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा हरेक वर्ष बृद्धि हुँदैगएको छ ।

चालु आर्थिक वर्षको हाल निकुञ्ज प्रवेश गर्नेमा एघार हजार ३९ जना नेपाली चार हजार ८८ जना विदेशी र छसय ७३ जना सार्क मुलुकको पर्यटकहरू रहेका छन् ।

निकुञ्जमा सबैभन्दा बढी कात्तिक महिनामा पर्यटकहरू प्रवेश गरेका छन् । सबैभन्दा कम साउन महिनामा प्रवेश गरेका छन् । कत्तिक महिनामा चार हजार दुईसय ७३ जना पर्यटक प्रवेश गरेका छन् । साउन महिनामा २३ जना मात्र पर्यटक प्रवेश गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

तुलनात्मक रुपमा गत वर्षभन्दा यस वर्ष पर्यटकहरू बढी आएको निकुञ्जका अधिकारीको भनाइ छ । बाघ देखिने र पर्यटकहरू निकुञ्ज घुम्न आउने सिजन अझै बाँकी रहेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताए ।


आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश गर्न एकसय, सार्क मुलुकका पर्यटकलाई सात सय ५० र अन्य मुलुकका पर्यटकका लागि एक हजार ५ सय शुल्क लाग्ने गरेको सूचना अधिकारी पौडेलले बताए ।

फागुन मसान्तसम्म पर्यटन, प्रशासनिक सेवा शुल्क, वन क्षेत्रको रोयल्टी, दण्ड जरिवाना लगायतबाट तीन करोड एक लाख ५४ हजार नौसय नब्बे रुपियाँ राजस्व संकलन भएको उनले बताए ।

गत आर्थिक वर्ष २०८१–८२ मा निकुञ्जमा २८ हजार ६७ जना प्रवेश गरेका थिए । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा २६ हजार एकसय ३१ जना निकुञ्ज प्रवेश गरेका थिए । आर्थिक वर्ष २०७९–८० मा २४ हजार तीनसय ९८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।

पछिल्लो समय निकुञ्जमा भ्रमण गर्न आउने नेपाली पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोककुमार रामले बताए । उनले भने ‘पहिले पहिले पर्यटक भनेकै विदेशी हुन् वा निकुञ्ज घुम्ने विदेशीले मात्र हो भन्ने धारणा कम भएको छ । अहिले तुलनात्मक रुपमा बाघ लगायतका जंगली जनावर हेर्नका लागि निकुञ्ज प्रवेश गर्ने नेपाली बढिरहेका छन् ।’

विशेषगरी विदाको दिनमा निकुञ्जमा नेपाली पर्यटकको बाक्लो उपस्थिति हुन्छ । हात्तीसार, गोही प्रजनन् केन्द्र अवलोकन, जंगल सफारी, जंगल वाल्कको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको रोजाइमा पर्नेगरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा किरण नालामा चार लेनको पुल बन्दै

२३ चैत्र २०८२, सोमबार १९:०१
समाचार सारांश Generated Using AI बर्दिया राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ८ महिनामा १५,८०० भन्दा बढी पर्यटक पुगेका छन्, जसमा अधिकांश नेपाली छन्।निकुञ्ज बाघ सजिलै देख्न पाइने स्थानका रूपमा लोकप्रिय बन्दै गएको छ र पर्यटक संख्या हरेक वर्ष बढिरहेको छ।यस अवधिमा प्रवेश शुल्क र अन्य माध्यमबाट करिब ३ करोडभन्दा बढी […]