बाँके प्रहरीद्वारा एक महिनामा २७ फरार अपराधी पक्राउ

सदरलाइन संवाददाता २२ चैत्र २०८२, आईतवार १९:४२
 
समाचार सारांश
Generated Using AI
  • बाँके प्रहरीले फागुन महिनामा २७ जना फरार अपराधीलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।
  • उनीहरूबाट १४ लाख ४३ हजार ९७६ रुपैयाँ राजस्व सङ्कलन भएको छ भने ७ वर्षभन्दा बढी कैद भुक्तानी गराइनेछ।
  • फरार पक्राउ अभियान निरन्तर जारी रहने र अझै फरार रहेका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँके प्रहरीले फागुन महिनाको अवधीमा मात्रै २७ जना फरार अपराधीलाई पक्राउ गरि कानूनी दायरामा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका अपराधीमध्ये खोज तलासको क्रममा २७ जनालाई पक्राउ गरि अदालतमा पेश गरिएको जानकारी दिए ।

उनले पक्राउ परेका फरार अपराधीबाट १४ लाख ४३ हजार ९७६ रुपियाँ राजस्व समेत सङ्कलन गरिएको बताए । ती फरारबाट ७ वर्ष चार महिना १६ दिनको कैद पनि भुक्तानी गराइने छ ।


अदालतले सजाय तोकेपनि फरार रहेका व्यक्तिलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने सरकारको नीति अनुसार लुकेर बसेका अपराधीलाई पक्राउ गरि अदालतमा बुझाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक जिसीले बताए ।

प्रहरी उपरीक्षक जिसीले केही समयअघिदेखि जिल्लामा शुरु गरिएको फरारलाई पक्राउ गर्ने अभियान अन्तर्गत हरेक महिनामा २५ देखि ५० जनाजतिको हाराहारीमा फरारलाई पक्राउ गर्ने कार्य भइरहेको जनाउँदै सो अभियान निरन्तर जारी रहने बताए ।

उनले अदालतबाट फैसला भएर सजाय तथा जरिवाना पाएका धेरै जनाले अझैपनि आफै अदालत समक्ष पुगेर अदालतको फैसलाको सम्मान नगरेको हुँदा उनीहरुको खोजी भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय

२२ चैत्र २०८२, आईतवार १९:४२
समाचार सारांश Generated Using AI बाँके प्रहरीले फागुन महिनामा २७ जना फरार अपराधीलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।उनीहरूबाट १४ लाख ४३ हजार ९७६ रुपैयाँ राजस्व सङ्कलन भएको छ भने ७ वर्षभन्दा बढी कैद भुक्तानी गराइनेछ।फरार पक्राउ अभियान निरन्तर जारी रहने र अझै फरार रहेका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको […]