समाचार सारांश
- बाँकेमा दोस्रो आर्थिक गणना वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन हुने भएको छ।
- गणनाका लागि जिल्लामा ८६ गणक र ११ सुपरीवेक्षक गरी ९७ जना खटिनेछन्।
- यसको तयारीबारे जानकारी दिन नेपालगञ्जमा जिल्ला स्तरीय सचेतना गोष्ठी आयोजना गरिएको हो।

नेपालगञ्ज : बाँकेमा बैशाख २ गतेदेखि असार ७ गतेसम्म देशब्यापीरुपमा दोस्रो आर्थिक गणना सञ्चालन गरिने भएको छ । त्यसको पूर्व सन्ध्यामा नेपालगञ्जमा जिल्ला स्तरीय सचेतना गोष्ठी आयोजना गरिएको छ ।
मंगलबार सम्पन्न गोष्ठीमा जिल्ला आर्थिक गणना अधिकारी अवधेश कुमार शुक्लाले आर्थिक गणनाको तयारी र प्रक्रियाका बारेमा जानकारी गराएका छन् ।

उनले दिएको जनकारी अनुसार जिल्लाभर ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ जना खटिनेछन् । जिल्ला आर्थिक गणना कार्यालय बाँकेले आयोजना गरेको गोष्ठी सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, सहायक प्रमुख अधिकारी गुरुङ, नेपालगञ्ज उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य सन्तोष पौडेल लगायतले आआफनो धारणा राखेका थिए ।


