समाचार सारांश
Generated Using AI
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मोहम्मद इस्तियाक राईले चुनावी अभियान तीव्र पारेका छन्।
- उनले ललित कला केन्द्र परिवारसँग भेटघाट गर्दै आफ्ना योजना प्रस्तुत गरेका छन्।
- नेपालगञ्ज वडा नं. १८ मा घरदैलो गर्दै मत मागेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : प्रतिनिधि सभा निर्वाचनको तिथि नजिक आउदै गर्दा एमालेबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईले घरदैलो र भेटघाटलाई तीब्र पारेका छन् ।
नेकपा एमाले बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राईले आईतबार बिहान ललित कला केन्द्र परिवारसँग भेटघाट र छलफल गरेका छन् ।

यसैगरी उनले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ को नागरिकटोलमा मतदाताहरूको घरदैलोमा पुगेर आफ्ना पक्षमा मत मागेका छन् । घरदैलो क्रममा उनका साथमा अगुवा नेता तथा कार्यकर्ताहरु रहेका थिए ।



