नेपालगञ्जमा जलेको अवस्थामा भेटिएकी युवतीको पहिचान खुल्यो, तीन जना पक्राउ

सदरलाइन संवाददाता १५ चैत्र २०८२, आईतवार १९:१३
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज–१२ कोरियनपुरमा जलेको अवस्थामा भेटिएकी २२ वर्षीया सिर्जना बुढा मगरको उपचारका क्रममा मृत्यु भएको छ।
  • घटनामा संलग्न आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
  • प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत सम्बन्धको विषय समेत जोडिएको हुनसक्ने देखिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा जलेको अवस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । सो घटनामा तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा गएराति एक युवती आगोले जलेको अवस्थामा भेटिएको र उपचारका लागि अस्पतालमा लगेपछि मृत्यु भएको थियो ।

मृतक युवतीको पहिचान खुलेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए । जलेको अवस्थामा भेटिएकी युवती नेपालगञ्ज १२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर भएको उनले बताए ।


प्रहरीका अनुसार गएराति करिब १२ बजेको समयमा नेपालगञ्ज १२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै एक युवती आगोले जलेर घाइते बनेको अवस्थमा फेला पारी उपचारका लागि तत्काल भेरी अस्पताल पु¥याइएको र उपचारकै क्रममा ती युवतीको मृत्यु भएको थियो ।

मृतकका परिवारले तीन जनाको नाममा किटानी जाहेरी दिएको र उनीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक जिसीले बताए । उनका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती युवतीको पहिले नै अन्य व्यक्तिसँग विवाह भएको र ३–४ वर्षकी एक छोरी पनि रहेकी थिइन् । हाल आरोपीमध्येका एक जनासँग युवतीको सम्बन्ध रहेको बुझिएको पनि उनले जानकारी दिए ।

पक्राउ परेकाबाहेक पनि अन्य व्यक्तिको संलग्नताका बारेमा थप अनुसन्धान भइरहेको तथा के कसरी घटना घट्यो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनको भनाइ छ । मृतक युवतीको शव भेरी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका ४५ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

१५ चैत्र २०८२, आईतवार १९:१३
समाचार सारांश Generated Using AI नेपालगञ्ज–१२ कोरियनपुरमा जलेको अवस्थामा भेटिएकी २२ वर्षीया सिर्जना बुढा मगरको उपचारका क्रममा मृत्यु भएको छ।घटनामा संलग्न आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत सम्बन्धको विषय समेत जोडिएको हुनसक्ने देखिएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज, :  फागुन […]