मौसममा थप सुधार : आजदेखि तुवाँलो हट्ने

सदरलाइन संवाददाता २६ फाल्गुन २०८२, मंगलवार १८:२८
 
समाचार सारांश
Generated Using AI
  • केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमशः हट्दै जाने मौसमविद्ले बताएका छन्।
  • उच्च चापीय प्रणाली कमजोर हुँदै जाँदा भोलिदेखि मौसममा थप सुधार हुने सम्भावना रहेको छ।
  • हाल पश्चिमी वायु र न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण केही स्थानमा हल्का वर्षा भएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्ले बताएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीले आजभन्दा भोलिदेखि मौसममा थप सुधार हुने सम्भावना रहेको बताए ।


उनका अनुसार पछिल्ला दिनमा उच्च चापीय प्रणालीको प्रभावले तुवाँलो देखिएको हो । तर, यो प्रणाली क्रमशः कमजोर हुँदै जाँदा तुवाँलो पनि हट्दै जाने अनुमान गरिएको छ ।

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार आज केही स्थानमा हल्का वर्षा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधि सभा निर्वाचन : बाँकेका ४७ उम्मेदवारले बचाउन सकेनन जमानत

२६ फाल्गुन २०८२, मंगलवार १८:२८
समाचार सारांश Generated Using AI केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमशः हट्दै जाने मौसमविद्ले बताएका छन्।उच्च चापीय प्रणाली कमजोर हुँदै जाँदा भोलिदेखि मौसममा थप सुधार हुने सम्भावना रहेको छ।हाल पश्चिमी वायु र न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण केही स्थानमा हल्का वर्षा भएको छ। यो सारांश AI […]