प्रहरी नियन्त्रणपछि स्वास्थ्य परीक्षण गरी ओली टिचिङ अस्पताल भर्ना, लेखक प्रहरीको २ नम्बर गणमा

सदरलाइन संवाददाता १४ चैत्र २०८२, शनिबार १४:४०
 
समाचार सारांश
Generated Using AI
  • केपी शर्मा ओलीलाई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकोमा रिपोर्टका आधारमा अस्पतालमै भर्ना गरिएको छ।
  • उनको स्वास्थ्य अवस्था र पूर्व मिर्गौला प्रत्यारोपणका कारण चिकित्सकीय निगरानीमा राखिएको छ।
  • पूर्वगृहमन्त्री रमेश लेखकलाई भने स्वास्थ्य परीक्षणपछि पुनः प्रहरी हिरासतमा राखिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

काठमाडौँ :  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना गरिएको छ । शनिवार विहान उनलाई पक्राउ गरिएसँगै स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा पु¥याइएकोमा केही स्वास्थ्य परीक्षणको रिपोर्टहरू आधारमा उनलाई अस्पाताल भर्ना गरिएको हो ।

अस्पतालमा अहिले उनको आधारभूत स्वास्थ्य परीक्षणको रिपोटहरुका साथै र दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति र वयोवृद्ध भएका कारणले चिकित्सको निगरानीमै राख्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।


ओली स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भए पनि आजै बिहान पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले स्वास्थ्य परीक्षणपछि हिरासतमै फर्काएको छ ।

लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओली पक्राउविरुद्ध नेपालगञ्जसहित विभिन्न ठाँउमा प्रदर्शन

१४ चैत्र २०८२, शनिबार १४:४०
समाचार सारांश Generated Using AI केपी शर्मा ओलीलाई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकोमा रिपोर्टका आधारमा अस्पतालमै भर्ना गरिएको छ।उनको स्वास्थ्य अवस्था र पूर्व मिर्गौला प्रत्यारोपणका कारण चिकित्सकीय निगरानीमा राखिएको छ।पूर्वगृहमन्त्री रमेश लेखकलाई भने स्वास्थ्य परीक्षणपछि पुनः प्रहरी हिरासतमा राखिएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको […]

सम्बन्धित