एमाले उम्मेदवार राई थपुवामा घरदैलो

सदरलाइन संवाददाता ४ फाल्गुन २०८२, सोमबार १८:५६
 
समाचार सारांश
Generated Using AI
  • नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले बाँके–२ अन्तर्गत नेपालगञ्ज–२० थपुवामा मतदाता भेटघाट गर्दै विकासका एजेण्डा अघि सारेका छन्।
  • सडक, खानेपानी, सिँचाइ, शिक्षा, कृषि, रोजगारी र सुकुम्बासी समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
  • स्थानीयले प्रत्यक्ष संवाद गर्ने र आफ्नै बीचका उम्मेदवारका रूपमा राईप्रति भरोसा बढेको बताएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।


नेपालगञ्ज :  आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले सोमबार नेपालगञ्ज–२० थपुवामा मतदाता भेटघाट गरेका छन् ।

टोल–टोलमा पुगेर जनताका कुरा सुन्ने, बुझ्ने र समाधानका सम्भावनाबारे खुला संवाद गर्दै आउने क्रममा थपुवामा भएको भेटघाटका कार्यक्रममा उम्मेदवार राईले प्राथामिकतामा सडक– बाटो, खानेपानी, सिँचाइ, शिक्षा, कृषि, मलखाद्य, रोजगारी र सुकुम्बासी समस्या रहेको र आफुले समधान गर्ने पहल गर्ने बताए ।


‘उम्मेदवार राईले हामीसँग बसेर कुरा गर्छन हाम्रा कुरा सुन्छन, हतारिनुहुन्न’ एक स्थानीय वृद्धाले भावुक हुँदै भने ।

निरन्तर घरदैलो, प्रत्यक्ष संवाद र व्यवहारमै प्रतिबद्धता देखाउन सकेकै कारण राईप्रति भरोसा बढ्दै गएको स्थानीयहरू बताउँछन् । थपुवामा भएको यो भेटघाटले थपुवा क्षेत्रमा मात्र होइन, यस क्षेत्रको समग्र चुनावी चित्रमा समेत प्रभाव पार्ने देखिन्छ । जनताको आवाज सुन्ने र साथमै हिँड्ने नेताको खोजीमा रहेका मतदाताका लागि इस्तियाक राई ‘आफ्नै बीचको उम्मेदवार’ का रूपमा स्थापित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेना दिवसको अवसरमा अनाथ बालबालिकालाई सहयोग

४ फाल्गुन २०८२, सोमबार १८:५६
समाचार सारांश Generated Using AI नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले बाँके–२ अन्तर्गत नेपालगञ्ज–२० थपुवामा मतदाता भेटघाट गर्दै विकासका एजेण्डा अघि सारेका छन्।सडक, खानेपानी, सिँचाइ, शिक्षा, कृषि, रोजगारी र सुकुम्बासी समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।स्थानीयले प्रत्यक्ष संवाद गर्ने र […]