बाँके क्षेत्रनं ३ मा पहिलो चरणको निर्वाचन लक्षित अभियान सफलता पूर्वक सम्पन्न

सदरलाइन संवाददाता २९ माघ २०८२, बिहीबार २०:००
 
समाचार सारांश
Generated Using AI
  • एमालेले बाँके–३ मा प्रतिनिधिसभा उम्मेदवार सुमन मल्लसहित पहिलो चरणको चुनावी अभियान सम्पन्न गरेको जनाएको छ।
  • पहिलो चरणमा २४ वडामध्ये अधिकांश क्षेत्रमा संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनमा जोड दिइएको बताइएको छ।
  • फागुन ४ देखि सुरु हुने दोस्रो चरणमा घरदैलो, टोलस्तरीय भेटघाट र जनसंवाद कार्यक्रमलाई प्राथमिकता दिने निर्णय गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

खजुरा (बाँके)  : नेकपा एमालेका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा उम्मेदवार सुमन मल्लसहित पहिलो चरणको निर्वाचन लक्षित अभियान सफलता पूर्वक सम्पन्न गरेको छ ।

पार्टीले निर्वाचन क्षेत्रभित्रका २४ वडामध्ये अधिकांश वडामा उम्मेदवार मल्लसहित कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै अभियान सञ्चालन गरेको जनाएको छ ।

निर्वाचन परिचालन समितिका संयोजक रत्न खत्रीका अनुसार पहिलो चरणमा पार्टी संगठन सुदृढीकरण र कार्यकर्ता परिचालन केन्द्रित कार्यक्रम सञ्चालन गरिएको थियो । यस चरणमा स्थानीय नेता–कार्यकर्तालाई सक्रिय बनाउँदै चुनावी वातावरण निर्माणमा जोड दिइएको उनले बताए ।


यसैबीच बिहीबार बसेको निर्वाचन परिचालन समितिको सचिवालय बैठकले फागुन ४ गतेदेखि सुरु हुने दोस्रो चरणको अभियानको विस्तृत योजना तयार गरेको छ । दोस्रो चरणमा घरदैलो, टोलस्तरीय मतदाता भेटघाट तथा जनसंवाद कार्यक्रमलाई प्राथमिकता दिइने निर्णय गरिएको छ ।

बैठकमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रीय सदस्य तथा क्षेत्रीय इन्चार्ज आरती पौडेल, लेखा आयोग सदस्य बिजया धिताल, पुर्व जिल्ला अध्यक्ष किस्मत कक्षपति लगायत नेताहरूले बाँके–३ मा एमाले उम्मेदवार मल्लको पक्षमा उत्साहजनक जनसमर्थन देखिएको बताए ।

नेताहरूले दोस्रो चरणको अभियान अझ प्रभावकारी बनाउँदै प्रत्येक मतदातासम्म पुग्ने रणनीतिसहित चुनावी मैदानमा जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *