टी-२० विश्वकपको दोस्रो खेलमा नेपालले इटलीसँग खेल्दै

एजेन्सी २९ माघ २०८२, बिहीबार ०७:४७
 
समाचार सारांश
Generated Using AI
  • नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह 'सी' मा दोस्रो खेलमा इटलीसँग मुम्बईको वाङ्खेडे स्टेडियममा सवा ३ बजे खेल्दै छ।
  • नेपाल र इटली दुवै पहिलो खेलमा पराजित भएका थिए र आज पहिलो जितको खोजीमा छन्।
  • नेपालले सन् २०१४ पछि विश्वकपमा जित हासिल गरेको छैन र यो टी-२०आई भिडन्त यी दुई टोलीबीच पहिलो हुनेछ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग खेल्दै छ । समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ ।

नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । नेपाल इंग्ल्यान्डसँग तथा इटली स्कटल्यान्डसँग पराजित भएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।


नेपाल र इटली १३ वर्षपछि फरक फर्म्याटमा भिड्न लागेका हुन् । सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटलीसँग खेलेको थियो । तर त्यो ५० ओभरको खेल थियो ।

बिहीबार हुने खेल यी दुई टोलीबीचको पहिलो टी-२०आई भिडन्त हुनेछ । १३ वर्षपछि इटलीसँग खेल्दा नेपाल १२ वर्षपछि जितको खोजीमा पनि हुनेछ । नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्धको खेल जितेपछि विश्वकपको खेल जितेको छैन ।

नेपाल रहेको समूह ‘सी’ मा वेस्ट इन्डिजले हालसम्म खेलेका दुवै खेल जितेर ४ अंक जोडिसकेको छ । इंग्ल्यान्ड र स्कटल्यान्डले २ खेलमा २ अंक जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसका उम्मेदवार घरदैलो अभियान तीब्र

२९ माघ २०८२, बिहीबार ०७:४७
समाचार सारांश Generated Using AI नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह 'सी' मा दोस्रो खेलमा इटलीसँग मुम्बईको वाङ्खेडे स्टेडियममा सवा ३ बजे खेल्दै छ।नेपाल र इटली दुवै पहिलो खेलमा पराजित भएका थिए र आज पहिलो जितको खोजीमा छन्।नेपालले सन् २०१४ पछि विश्वकपमा जित हासिल गरेको छैन र यो टी-२०आई […]

सम्बन्धित