समाचार सारांश
- नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्रनं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टलाई घरदैलो कार्यक्रममा स्थानीय व्यवसायीहरूले खादा ओढाएर स्वागत गरेका छन्।
- बिष्टले जनताको विश्वासलाई आफ्नो मुख्य शक्ति भन्दै व्यवसायीहरूको सुझावलाई प्राथमिकतामा राख्ने बताएका छन्।
- व्यवसायीहरूले बजार व्यवस्थापन, पूर्वाधार, सुरक्षा र कर सहजताको माग अघि सारेका छन्।

नेपालगञ्ज : नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्रनं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टलाई घरबारी टोलमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय व्यवसायीहरूले उम्मेदवारहरूलाई खादालगाएर आत्मीय स्वागत गरेका छन् ।

घर–घर पुगेर भलाकुसारी गर्ने क्रममा उम्मेदवारहरूलाई व्यवसायी समुदायले सम्मान स्वरूप खादा ओढाइदिएका थिए । उम्मेदवार बिष्टले भने, “जनताको माया र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्तिहो ।” उनले व्यवसायीवर्गको योगदानबिना स्थानीय अर्थतन्त्र सुदृढ हुननसक्ने उल्लेख गर्दै उनीहरूको सुझावलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय व्यवसायीहरूले बजार व्यवस्थापन, पूर्वाधार सुधार, सुरक्षा र करसम्बन्धी सहजताकाविषय उठाएका थिए । उनीहरूले प्रतिनिधिले आफ्ना मुद्दा सम्बन्धित निकायसम्म पु¥याइ दिनुपर्ने अपेक्षा राखेका छन् ।


