निर्वाचन अधिकृतहरुको दुईदिने अभिमुखिकरण नेपालगञ्जमा शुरु

सदरलाइन संवाददाता २८ पुष २०८२, सोमबार १५:०६
 

नेपालगञ्ज  : आगामी फगुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको दुईदिने अभिमुखिकरण नेपालगञ्जमा आयोजना गरेको छ ।

सो अभिमुखिकरणको निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले उद्घाटन गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई कडाइका साथ जिम्मेवारी पूर्वक काम गर्न निर्देशन दिएकी छन् ।


नेपालगञ्जमा आयोजित दुईदिने निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै उहाँले फागुन २१ गते हुने निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसर भएकाले कुनै पनि कमजोरी सह्य नहुने स्पष्ट पारिन ।

कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २७ जिल्लाका ६६ जना अधिकारीको सहभागिता रहेको थियो । आयुक्त डा तुलाधरले निर्वाचन प्रक्रिया पारदर्शी र कानुनअनुसार सम्पन्न गर्न आयोगले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिईन । साथै युवाको सक्रिय सहभागिताले लोकतन्त्रलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिन ।

कार्यक्रममा प्रतिनिधि सभा सदय निर्वाचन संवैधानिक तथा कानूनी व्यवथा र निर्वाचन कार्यक्रम, निर्वाचन व्यवस्थापन, सुरक्षा, आचारसंहिता र मतगणनालगायत विषयमा छलफल गरिने बारे नेपाल सरकारका सचिव पारासर ढुगांनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको ‘चु ल्हुई’ सार्वजनिक

२८ पुष २०८२, सोमबार १५:०६
काठमाडौ : गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रका स्थापित तथा लोकप्रिय नायक एंव मोडल हुत्त सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको छ । गीतलाई एच एम एम मिडियाको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको […]