ग्रीनल्यान्ड कब्जा गर्न अत्यधिक बल प्रयोग नगर्ने ट्रम्पको भनाइ

एजेन्सी ८ माघ २०८२, बिहीबार १९:३३
 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको स्वामित्वमा ल्याउन “तत्काल वार्ता” गर्न खोजेको बताएका छन्।


स्विट्जरल्यान्डको डाभोसमा आयोजित वर्ल्ड इकोनमिक फोरमको सम्मेलनमा भाषण गर्दै ट्रम्पले ग्रीनल्यान्ड अधिग्रहण गर्न आफूले बल प्रयोग गर्न नचाहेको र नगर्ने घोषणा पनि गरे।

डाभोसको सम्मेलनमा सहभागी हुन जानुअघि ट्रम्पले ग्रीनल्यान्डको विषयमा अमेरिकाको विरोध गर्ने आठ युरोपेली देशहरूलाई तिनले अमेरिका निर्यात गर्ने वस्तुहरूमा थप १० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रम्पद्वारा ‘बोर्ड अफ पीस’ को घोषणा

८ माघ २०८२, बिहीबार १९:३३
स्विट्जरल्यान्डको डाभोसमा आयोजित सन् २०२६ को विश्व आर्थिक मञ्चमा ‘बोर्ड अफ पीस’ (शान्ति परिषद्) को घोषणाले विश्वव्यापी कूटनीतिमा नयाँ तरंग ल्याएको छ। यसले अन्तर्राष्ट्रिय द्वन्द्व समाधानको केन्द्रलाई परम्परागत निकायहरूबाट हटाएर नयाँ र स्वतन्त्र रूपमा लगानी गरिने मोडेलतर्फ मोडिदिएको छ। जनवरी २२, २०२६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १९ जना विश्व नेताहरूसँग […]