सुरू भयो नयाँ वर्ष सन् २०२६

सदरलाइन संवाददाता १७ पुष २०८२, बिहीबार १६:३९
 

नेपालगञ्ज : ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरू भएको छ। येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो। नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन्।

ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ। यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन्। विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरू भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सनको प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन्।


३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।

इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए।

पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ। नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एक सातापछि घाम लाग्यो, सर्वसाधारणलाई राहत

१७ पुष २०८२, बिहीबार १६:३९
नेपालगञ्ज : बाँकेमा एक सातापछि बिहीबार पारिलो घाम लाग्दा सर्वसाधारणले चिसोबाट राहत पाएका छन् । निरन्तर बाक्लो हुस्सु लागेर शीतलहर चल्दा यहाँको जनजीवन असाध्य कष्टकर बनेको थियो । बिहीबार मध्यान्हबाट भने बाक्लो हुस्सु र शीतलहर रोकिएर पारिलो घाम लाग्न थालेको हो । नेपालगञ्जका समाजसेवी विष्णुलाल कुमालले बिहीबार बिहानदेखि बल्ल पारिलो […]