तक्षशिला एकेडमीले आयोजना गर्यो विद्यार्थी, आभिभावक र सर्वसाधरण लक्षित निशुल्क स्वास्थ्य शिविर  

सदरलाइन संवाददाता ८ माघ २०८२, बिहीबार १३:०२
 
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडमीले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै आफ्ना विद्यार्थीका अभिभावकका अन्य  नागरिकहरुो लागि निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
सो शिविरबाट अभिभावकहरूको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी प्रदान गर्नुका साथै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको विद्यायका अध्यक्ष बिष्णुप्रसाद बेल्बासेले बताए ।
शिविरमा आठ सय अभिभावक र दुइ सय पचास अन्य नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको विद्यालयका प्रिन्सिपल भिम बहादुर रोकायले जानकारी दिए ।
विद्यालय परिसरमै सम्पन्न भएको स्वास्थ्य शिविरमा प्राविधिक सहयोग केयर सिटी अस्पताल, नेपालगञ्जले उपलब्ध गराएको थियो । अस्पतालका अनुभवी चिकित्सक, तथा प्राविधिक स्वास्थ्यकर्मीहरूको टोलीले विभिन्न प्रकारका स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए ।
शिविरमा रक्तचाप मापन, मधुमेह परीक्षण, तौल तथा उचाइ जाँच, सामान्य शारीरिक परीक्षण, औषधि सेवनसम्बन्धी परामर्शलगायत सेवा निःशुल्क रूपमा उपलब्ध गराइएको विद्यालयका शैक्षिक सल्लाहकार डाक्टर खोपीराम ओलीले बताए ।
विद्यालय व्यवस्थापन पक्षले अभिभावकहरू विद्यालय समुदायको अभिन्न हिस्सा भएको उल्लेख गर्दै उनीहरूको स्वास्थ्य सुदृढ भए मात्र विद्यार्थीहरूको समग्र विकास सम्भव हुने धारणा व्यक्त गर्दै आगामी दिनमा विद्यालयले शिक्षण मात्र नभई अभिभावक र समाजसँग जोडिने यस्ता कार्यक्रमलाई नियमित रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
स्वास्थ्य शिविरमा सहभागी अभिभावकहरूले व्यस्त दैनिकीका कारण आफ्नो स्वास्थ्य जाँच गराउन नपाएको अवस्थामा विद्यालयले नै यस्तो सुविधा उपलब्ध गराएकोमा खुशी व्यक्त गरेका थिए । ‘सामान्य जाँचका लागि पनि अस्पताल जान समय मिल्दैन, विद्यालयमै चिकित्सकबाट जाँच र परामर्श पाउँदा निकै सहज भयो,’ एक सहभागी अभिभावकले बताए । धेरै अभिभावकहरूले यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने आवश्यकता औँल्याएका थिए
चिकित्सकहरूका अनुसार शिविरका क्रममा धेरै अभिभावकमा उच्च रक्तचाप र मधुमेहको प्रारम्भिक अवस्था देखिएको थियो । समयमै जाँच र परामर्शले भविष्यमा जटिल स्वास्थ्य समस्या रोक्न मद्दत पुग्ने चिकित्सकहरूको भनाइ छ ।
शिविरको क्रममा स्वास्थ्यकर्मीहरूले सन्तुलित आहार, नियमित व्यायाम, तनाव व्यवस्थापन, समयमै स्वास्थ्य परीक्षणको महत्त्वबारे पनि जानकारी दिएका थिए ।
विशेषगरी अभिभावकहरूलाई आफ्नो स्वास्थ्यप्रति बेवास्ता नगर्न र परिवारको स्वास्थ्यमा पनि ध्यान दिन आग्रह गरिएको तक्षशीला एकेडेमीले कोहलपुर टाइम्सलाई प्रतिक्रिया दिएको छ । यसले अभिभावकहरूमा स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको प्रतिक्रिया थियो ।
विद्यालय प्रशासनका अनुसार तक्षशीला एकेडेमीले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै सामाजिक तथा मानवीय पक्षलाई पनि उत्तिकै महत्व दिँदै आएको छ । विद्यार्थी, अभिभावक र समुदायबीचको सम्बन्ध मजबुत बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गरिँदै आएको विद्यालयले जनाएको छ । स्वास्थ्य शिविर त्यसैको एउटा उदाहरण भएको विद्यालयको भनाइ छ ।
स्थानीय शिक्षा र स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार विद्यालयस्तरबाट अभिभावक लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन हुनु सकारात्मक अभ्यास हो । यसले विद्यालयलाई केवल शिक्षाको केन्द्र मात्र नभई समुदायको समग्र विकासमा योगदान पु¥याउने संस्थाका रूपमा स्थापित गर्न मद्दत गर्ने उनीहरूको भनाइ छ ।
अभिभावकहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमको औचित्य पुष्टि भएको विद्यालयको निष्कर्ष छ । तक्षशिला एकेडेमीले आगामी दिनमा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई समेट्ने थप सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।
कोहलपुर क्षेत्रमा तक्षशिला एकेडेमीले गरेको यस किसिमका कार्यक्रमले विद्यालय, अभिभावक र स्वास्थ्य संस्थाबीच सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको छ । शिक्षासँगै स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गरिएको यो प्रयासले समुदायस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकार प्रवक्तामा अब गृहमन्त्री अर्याल

८ माघ २०८२, बिहीबार १३:०२
नेपालगञ्ज : सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो । राजीनामा दिएका खरेल ललितपुर-२ बाट रास्वपाको उम्मेदवार बनेका छन् […]