बाँकेमा खजुरा गोल्डकपको तयारी

सदरलाइन संवाददाता २९ पुष २०८२, मंगलवार १८:४८
 

खजुरा (बाँके) :  न्यू डाँफे स्पोर्टस क्लबले बाँकेको खजुरा गाउँपालिकाको डिगाउँमा खजुरा गोल्डकपको आयोजना गर्ने भएको छ । नेपाली राष्ट्रिय ए डिभिजन र भारत लखनउको सहित आठ वटा टोलीको सहभागितामा खजुरा गोल्डकप आयोजनाका लागि तयारी सुरु गरेको हो ।

आयोजक न्यू डाँफे स्पोर्टस क्लबका अध्यक्ष बालाराम खत्रीले आम खजुराबासीले अपनत्व लिने गरि गोल्डकपको तयारी सुरु गरिएको जानकारी दिए । गोल्डकपका लागि खजुरा गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका कारण आफुहरु गोल्डकपको तयारीमा जुटेको अध्यक्ष खत्रीको भनाई छ ।


खत्रीले भने–‘लुम्बिनी प्रदेश सरकारको करोड बढीको लागतमा निर्माण भईरहेको मिनी रङ्गशालामा यसपटक राष्ट्रिय अन्तर्राष्ट्रिय टोलीलाई आमन्त्रण गरि फुटबल प्रतियोगिता सञ्चालन गर्दैछौं ।’

खजुरामा विभिन्न क्लबहरुको आयोजनामा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएकोमा यसपटक साना प्रतियोगितासहित यसक्षेत्रका सम्पूर्ण क्लवहरुको सहकार्यमा गोल्डकपको तयारी सुरु गरिएको हो ।

चैतको अन्तिमसाता गोल्डकप सुरु गर्ने गरि तयारी सुरु गरिएको आयोजकले जनाएको छ । पहिलो चरणमा वृहत अन्तरक्रियासहित बिभिन्न क्षेत्रका अगुवासँग सामुहिक र अलग अलग अन्तरक्रियासहित सुझाव सङ्कलन लिने कार्य भईरहेको क्लबका अध्यक्ष खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मधेसी एकता समाज यूएई शाखाको नयाँ कार्यसमिति गठन

२९ पुष २०८२, मंगलवार १८:४८
नेपालगञ्ज : विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेसी एकता समाजको यूएई शाखाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ । यूएईको फुजैराहस्थित मसाफी क्षेत्रमा आइतबार आयोजित कार्यक्रममा समाजको यूएई शाखाले नयाँ कार्यसमिति गठन गरेको हो । समाजको यूएई शाखाका निवर्तमान अध्यक्ष रोशन देवले अध्यक्षता गरेको कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय समिति […]