सिजपको लुम्बिनी प्रदेश समिति गठन अध्यक्षमा डम्बर र सचिबमा हेमराज

सदरलाइन संवाददाता १४ माघ २०८२, बुधबार १९:२९
 

नेपालगञ्ज : बालवालिकाको क्षेत्रमा क्रियाशिल संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को लुम्बिनी प्रदेश स्तरीय समिति गठन भएको छ ।

सिजपको प्रदेश स्तरीय सदस्य संस्थाहरुको आज भएको भेलाले बिग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारको अध्यक्षतामा ७ सदस्सीय प्रदेश समिति चयन गरेको छ ।

यसरी चयन भएको प्रदेश समितिको सचिबमा बास नेपालका निर्देशक हेमराज भट्ट चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा क्रमशः कमला सापकोटा, विकिरण गौतम, दिपसरा पुन र चिरन्जीवी ज्ञवाली चयन भएका छन् । समितिको एक जना सदस्य भने नव निर्वाचित प्रदेश समितिको पहिलो बैठकले मनोनित गर्ने गरि रिक्त राखिएको छ ।


सिजपका महासचिब राजु घिमिरेको अध्यक्षतामा भएको प्रविधिमैत्री भेलामा उपस्थित सहभागिहरुलाई स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश सिजप लुम्बिनी प्रदेश इन्चार्ज शिवलाल पाण्डेले गरेका थिए ।

भेलामा सिजपले गरिरहेको कार्य तथा प्रदेश समिति गठन तथा ब्यवस्थापन कार्यविधिका बिषयमा महासचिब राजु घिमिरेले प्रस्तुतीकरण गरेका थिए । समितिको कार्यकाल २ बर्षको रहनेछ ।

बालवालिका शान्ति क्षेत्र अभियान (सिजप) ले बालमैत्री, पोषणमैत्री, बाल संवेदनशील सामाजिक सुरक्षा, बालअधिकारको संरक्षण र सम्बर्धनको लागि निरन्तर देश ब्यापी अभियान सञ्चालन गर्दै आएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका डुडुवामा प्रेमीलाई प्रेमिकाको हत्या आरोप

१४ माघ २०८२, बुधबार १९:२९
नेपालगञ्ज :  बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीमा एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार इनारमा सडेको अवस्थामा भेटिएको शव डुडुवा गाउँपालिका–३, […]