
नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन सकिएसँगै बाँके क्षेत्रनंं. २ मा पनि चुनावी सरगर्मी बढेको छ ।राजनीतिक दलहरू चुनावी प्रचारको रणनीति बनाउन ब्यस्थ छन ।
एमालेका तर्फबाट बाँकेको निर्वाचन २ मा मोहम्मद इस्तियाक राई, नेपाली काँग्रेसबाट शुधान्शु कोईराला, नेपाली कम्युनिष्ट पार्टीबाट दिपेन्द्र विष्ट, राप्रपाबाट ऋषिराज देवकोटा, रास्वपाबाट विवेक श्रेष्ठ र जसपाबाट कमरुदिन राई चुनावी मैदानमा होमिएका छन ।
देशको समृद्धि, सुशासन र बलियो लोकतन्त्रका लागि एमाले उम्मेदवार राईले बाँके क्षेत्रनं. २ का जनताले आफुलाई मतदिएर विजयी बनाउने बताए ।

उनले ३ वर्षको अवधीमा रोकिएको बाँकेको विकास खासगरी क्षेत्रनं. २ को विकासको निरन्तरताको लागि आफ्नो जित आवश्यक भएको बताए । उनले चाडै नै जनताबीच लिएर जाने आफ्नो चुनावी एजेन्डा सर्वजनिक गर्नेगरी त्यसमा काम भईरहेको बताए ।
नेपाली काँग्रेसका उम्मेदवार कोईरालाले चुनाबी रणनीति बनाउन जिल्ला कमिटीको बैठक बसेको र चाडैनै क्षत्रीय कमिटीको बैठक बसेर प्रचार समिति निर्माण गर्ने तयारी भएको बताए ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विष्टले मनोनयनपछि पार्टी कार्यकर्ता र साथी भईलाई भेटघाटलाई तीब्र पारेका छन् । उनले साथीभाईसँगको भेटघट र सल्लाहपछि चुनावी एजेण्डा तयहुने गरी तयारी अगाडि बढाएको जानकारी दिए ।
मनोनयन सकिएपछि राजनीतिक दलहरु यति वेला चुनाबी कार्यालय खोल्ने, कार्यकर्ताहरुसंग भेटघाटलाई तिब्र पारेका छन ।


