बर्दियामा बाघ नियन्त्रणमा लिन सेनासहित हात्ती परिचालन

सदरलाइन संवाददाता १८ पुष २०८२, शुक्रबार ११:१७
 

बर्दिया : बर्दियामा मनव बन्यजन्तु द्वन्द्व अन्तरगत मनिसमाथि आक्रमण गर्ने  बाघ नियन्त्रणको लागि सेनासहित हात्ती परिचालन भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले समस्याग्रस्त बाघ नियन्त्रणमा लिन दुई वटा हात्तीसहित प्राविधिक टोलीसहित नेपाली सेना परिचालन गरेको छ ।

गतपुस १५ गते मधुवन नगरपालिका–२ कोठिया गाउँकी १७ वर्षीया विनिता परियारको बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।


समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन दुई वटा हात्ती, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, निकुञ्जका कर्मचारीसहित नेपाली सेना परिचालन गरिएको वरिष्ठ प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

खाता जैविक मार्गको पत्थरबोझी क्षेत्रमा समस्याग्रस्त बाघको खोजी गरी नियन्त्रणमा लिन संयुक्त टोली खटिएको छ ।

केही महिनायता हात्ती, बाघ, चितुवाले मानिसको ज्यान लिन थालेपछि स्थानीय त्रसित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे बस्दै

१८ पुष २०८२, शुक्रबार ११:१७
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार बस्दैछ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी […]