एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

सदरलाइन संवाददाता २८ मंसिर २०८२, आईतवार १८:३६
 

नेपालगञ्ज : नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट बिदा हुने भएका छन् । उनीहरुले कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा समेत गर्दै आएका छन् ।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनीहरूले आगामी नेतृत्व चयन प्रक्रियामा आफूहरू प्रतिस्पर्धामा नउत्रिने स्पष्ट पारेका हुन । पार्टी नेतृत्व नवीकरण, पुस्तान्तरण र सङ्गठनात्मक एकताको पक्षमा रहेर यस्तो निर्णय लिइएको उनीहरूको भनाइ छ ।


केन्द्रीय कमिटी बैठकमा नेताहरूले उनीहरूको निर्णयले पार्टीभित्र नेतृत्व हस्तान्तरणलाई सहज बनाउने र महाधिवेशनलाई सहमतिमुखी बनाउने अपेक्षा व्यक्त गरेका छन् ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा जारी छ । महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइने छ । ११औँ महाधिवेशनको बन्द सत्रबाट विधान संशोधन पारित भएसँगै नयाँ संरचना अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

२८ मंसिर २०८२, आईतवार १८:३६
             नेपालगञ्ज :  नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबारका लागि आकस्मिक बैठक बोलाइएको हो । बैठक सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,आमन्त्रित सदस्य र […]

सम्बन्धित