
नेपालगञ्ज : सामाजिक सञ्जाल लगायतको प्रविधिको दुरुपयोग गरी मानव तस्करहरुले आफ्नो गतिबिधि सञ्चालन गर्ने गरेको पाईएको छ । सामाजिक सञ्जालको प्लेटफर्म मध्ये नबिन प्रबिधिको प्रयोग गर्ने गरेको पाईएको छ ।
मानव बेचविखनका क्षेत्रमा क्रियाशिल माईती नेपाल नेपालगञ्जद्वारा आयोजित कार्यक्रमा सार्वजनिक भएको तथ्याङ्क अनुसार मानव तस्करहरुले सामाजिक सञ्जालका विभिन्न प्लटेमर्पmको प्रयोग गरी आप्mनो सञ्जाल फैलाउन सफल भएको पाईएको हो ।
मानब बेचखिनबाट जोगाउन प्रबिधिको सदुपयोगको बारेमा सचेतना मुलक गतिविधि सञ्चालन गर्नु पर्नेमा जोड दिईएको छ । माईती नेपाल नेपालगञ्जका संयोजक केशव कोईरालाले सामाजिक सञ्जाल जस्तो प्रविधिको दुरुपयोग गरी मानव तस्करहरुले आफनोे सञ्जाल पैmलाउने गरेको जानकारी दिए ।
उनले एआईको प्रयोग गरी आवाज र फोटो बनाएर आफ्नो फन्दामा पार्ने गरेको पार्ईएको बताए । उनले भने–‘उनीहरुले एआईको मद्दतले आवाज तथा फोटो बनाएर ट्रयापमा पार्ने र ब्यकमेल गर्ने गरेको पाईएको छ ।’ एआई तथा सामाजिक सञ्जालका अन्य प्लेटफर्मको पनि प्रयोग भएको पाईएको उनले बताए ।

उनले सन २०२५ मा भारतका विभिन्न शहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बालबालिकाको उद्वार गरिएको, खोजतलासका लागि ९ सय २० जनाको निवेदन परेकोमा ५ सय ९३ जना फेला परेको र जोखिमपुर्ण यात्रामा रहेका ५ सय ४५ जनाको उद्धार गरेको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले मानव बेचविखन जस्तो जघन्य अपराध नियन्त्रणका लागि सञ्चरमाध्यमहरु प्रोयक्टीभ भएर सहकार्य गर्न जरुरी रहेको बताए ।
माइती नेपालले सन २०२५मा समाजिक सञ्जालको दुरुपयोग गरी बेचविखनको जोखिम बढेकोले यो न्यनिकरण गर्न सचेतीकरणका गतिविधि सञ्चालन गर्न आबश्यक रहेका अैल्याउदै घरेलु हिंसा, लैङ्गिक हिंसा तथा अन्य सामाजिक अपराध सम्बन्धी उजुरीहरूमा परामर्श, मुद्दा दर्ता र समाधान प्रक्रिया प्रभावकारी रूपमा अघि बढाइएको माइती नेपालले जनाएको छ ।


