
नेपालगञ्ज : नेपाली सेना नागरिक सम्बन्ध प्रगाढ बनाउनको लागि सेना र सर्बसाधरण नागरिकहरुलाई सामुहिक लाभहुने बिभिन्न गतिबिधि सञ्चालन गदै आएको छ ।
यसक्रममा नेपाली सेनाको बज्रदल गणको आयाजनामा ईम्प्यनल्ड विद्यालयहरुको सहकार्यमा चौथो ईम्प्यानल्ड स्कुल रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखि सुरुवात भएको छ ।
नेपाली सेनाका बाहलवाला वा अवकास प्रप्त सैनिक आश्रित सन्तातीहरुको शैक्षिक ब्यवस्थापन गर्न ईम्प्यानल्ड स्कुल छनौट गरी कक्षा ४ देखि कक्षा १२ सम्म सैनिक कल्याणकारी कोष मार्फत शैक्षिक सत्र २०७६ बाट पढाउदै आएको छ ।
बाँकेका १८ र बर्दियाका ९ ईम्प्यानल्ड स्कुलका विचमा सेना र नागरिकको सम्बन्ध प्रगाढ बनाउन रनिङ्ग शिल्ड आयोजना गरिएको बज्रदल गणका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले जानकारी दिए ।
ईम्प्यानल्ड स्कुल रनिङ्ग शिल्ड आयोजक समिति संयोजक किसन गुरुङ्गले प्रतियोगितामा १५ विद्यालयले भाग लिएको जानकारी दिदै यस्ता कार्यक्रमले नेपाली सेना र नागरिक विच संबन्ध सुमुधुर बनाउने विश्वास ब्यक्त गरे ।

नेपाली सेनाले बाँके र बर्दियाका स्थानीय तहमा उत्कृष्ठता हासिल गरेका विद्यालयलाई ईम्प्यानल्ड गरी नपाली सेनाका बाहलवाला र अवकाश प्रप्त सेनाका १ सन्ततीलाई पढाउदै आएको छ ।
प्रतियोतिगामा बाँकेको १० र बर्दियाका ५ गरी १५ विद्यालयका फुटबल, कबड्डी, भलिबल खेलमा महिला २०८ र पुरुष ४७५ गरी ६ सय ८३ जनाले भाग लिएका छन ।
यसअघि सो प्रतियोगिताको श्री नं. ४ बाहिनी अड्डाका निमित्त वाहिनीपति महासेनानी सुवास केसीले उद्घाटन गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा मार्चबास र सास्कृतिक प्रस्तुती देखाएका थिए ।



नेपाली सेना नागरिक सम्बन्ध सुमुधुर पार्न
