विद्यार्थीलाई एक हप्ताको उद्घोषण तालिम

सदरलाइन संवाददाता ६ पुष २०८२, आईतवार १७:११
 

नेपालगञ्ज : नेपालगञ्जको मंगलप्रसाद नमुना मावि विद्यार्थीहरुका लागि एक हप्ताको उद्घोषण तालिम सुरु भएको छ ।

मंगलप्रसाद नमुना मावि नेपालगञ्जको आयोजना तथा बास नेपालको सहजिकरणमा आइतवारदेखि तालिम सुरु भएको हो ।


विद्यालयका कक्षा, ९, १० र ११ का ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको तालिमको बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेका थिए ।

तालिमको पहिलो दिन बास नेपालका कार्यक्रम प्रबन्धक तथा प्रशिक्षक मन भण्डारीले उद्घोषणको परिभाषा, उद्घोषणको महत्व, बोल्ने कलाको महत्व, उद्घोणका आधारभुत तत्व, आवश्यक पर्ने छ वटा क को प्रयोग लगायतको विषयमा तालिम दिएका थिए । ७ दिन सम्म सञ्चालन हुने तालिम पौष १२ गते समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको मधुवन र गुलरियामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवनको उद्घाटन

६ पुष २०८२, आईतवार १७:११
बर्दिया : बर्दियाको मधुवन र गुलरियामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवनको उद्घाटन गरिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ‘कोईका’को आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरण परियोजना अन्तर्गत बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोर–किशोरीमैत्री स्वास्थ्य […]

सम्बन्धित