एमाले महाधिवेशन

अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

सदरलाइन संवाददाता २९ मंसिर २०८२, सोमबार १७:३९
 

नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।


अध्यक्ष ओलीले अपराह्न ३ः३० बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब ३ बजे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्य जारी छ ।

उम्मेदवारी मनोनयनको समय यसअघि ३ः३० बजेसम्म कायम गरिएकामा उम्मेदवारको लाइन कायम रहेकाले केही समय लम्बिने देखिएको छ । एमाले महाधिवशेनले ३ सय १ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जसपाद्वारा बाँकेका तीनै निर्बाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस

२९ मंसिर २०८२, सोमबार १७:३९
नेपालगञ्ज : जनता समाजबादी पार्टी बाँके जिल्ला कमिटीले आगामी फागुण २१ हुने प्रतिनिधि सभा निर्वाचनमा बाँकेको ३ वटै निर्बाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । उम्मेदवार सिफारिसमा परेका जसपा महासचिव तथा पूर्वमन्त्री मोहम्मद ईस्तियाक राई बाँके निर्बाचन क्षेत्र नं. २ बाट एकाल सिफारिसमा परेको छन् । यसैगरी क्षेत्र नं. १ […]

सम्बन्धित