नेपालगञ्ज : नेपाली सेनाको बज्रदल गण राँझाले बाँकेका चिसो पीडितहरुलाई जिल्लाका खजुरा, पुरैना, फुलटेक्रा, आलानगरलगायत विभिन्न स्थानहरुमा आगो ताप्न दाउरा सहयोग गरेको गणका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले जानकारी दिए ।
चिसोबाट जोगिन घर बाहिर काम परेपछि मात्र निस्कने, न्यानो लुगा लगाउने तातो झोलिलो कुरा अत्याधिक सेवन गर्ने जस्ता सन्देस समेत प्रवाह गरिएको छ ।




