लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी सन्चालनमा रोक

सदरलाइन संवाददाता ७ पुष २०८२, सोमबार १४:१३
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा स्थानीयले सरकारी गाडी सन्चालनमा रोक लगाएका छन् । अमेरिकाको एमसीसी परियोजना अन्तर्गत एमसीए नेपालले दुई लेनमा स्तरोन्नति गर्न लागेको धानखोला–लमही सडकखण्ड चार लेनमा बिस्तारको माग गर्दै स्थानीयले सरकारी गाडी सञ्चालनमा रोक लगाएका हुन् ।

धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीले माग सम्बोधन नभएसम्म आज पुस ७ गतेदेखि यो महिनाभर प्रदेश राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन नदिने बताए ।

शाहीको नेतृत्वमा केही युवाहरु लुम्बिनी प्रदेश राजधानी गेट, राप्ती गाउँपालिका–३ स्थित प्रदेश प्रशासनिक केन्द्र मुख्य प्रवेश क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।


लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्रमा प्रस्तावित दुई लेनको धानखोला–लमही सडक खण्डमा एमसीसी परियोजना अन्तरगत एमसीए नेपालले साविकको ७ मिटर चौडा सडकलाई दायाँ–बाँया २.५/२.५ मिटर थपेर १२ मिटर मात्र सीमित गरी उही २ लेनकै सडक बनाउन खोजेको भन्दै स्थानीय विरोधमा छन् ।

यसअघि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट स्थानीय संघर्ष समितिका प्रतिनिधिसहित काठमाडौं आएर भौतिक पूर्वाधार, यातायात र सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर माग सम्बोधनका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।

तर एमसीसी परियोजना अनुसार काम हुन लागेकाले यसमा आफूहरुले भने अनुसार नहुने जवाफ कुलमानले दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुनावको विश्वसनीय आधार पाएनौं : नेकपा एमाले

७ पुष २०८२, सोमबार १४:१३
नेपालगञ्ज : नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ । सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले आफ्नो पार्टीको तर्फबाट बोल्दै यस्तो बताएका हुन् । दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास […]