रक्तदान कार्यक्रम गर्दै पत्रकार महासंघ बाँके

सदरलाइन संवाददाता १ पुष २०८२, मंगलवार १५:३४
 

नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले रक्तदान कार्यक्रम गर्ने भएको छ । सोमबार बसेको कार्यसमिति बैठकले शाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जको प्राविधिक सहकार्यमा नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको सचिव कृष्ण ओलीले जानकारी दिए ।

रगत अभावको अवस्थालाई मध्यनजर गर्दै मानवीय कार्यमा हातेमालो गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको शाखा अध्यक्ष नवीन गिरीले बताए । गिरीले रक्तदान कार्यमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।


यसैगरी बैठकले नरैनापुरका स्थानीय पर्यटकीय स्थलहरुको प्रबद्र्धनार्थ यही पुस ९ गते बुधबार अन्तरक्रिया तथा वनभोज कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको सचिव ओलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुस लागेसँगै बाँकेमा बाक्लो हुस्सु, सतर्कता अपनाउन आग्रह

१ पुष २०८२, मंगलवार १५:३४
नेपालगञ्ज :  पुसको पहिलो दिनदेखिनै बाँके जिल्लामा बाक्लो हुस्सुले लागेको छ । मंसिर मसान्तसम्म बिहानैदेखि न्यानो घाम लाग्ने गरेको बाँकेमा पुष महिनाको पहिलो दिनदेखिनै हुस्सुले छपक्कै ढाकेको छ । बिहान सबेरैदेखि लागेको हुस्सु दिनभरि पनि नखुल्दा चिसो बढेको छ । हुस्सु र चिसोका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ […]