किसानलाइ सखरखण्ड खन्न भ्याइनभ्याइ, बगरमै पुग्छन् व्यापारी

लक्ष्मी तिमिल्सेना ९ पुष २०८२, बुधबार ०९:००
 

   नेपालगञ्ज : बाँकेको राप्ती नदीबगर(सिधिनियाघाट)मा लगाईएको सखरखण्डको विक्रि खेतबाटै हुन थालेपछि किसान उत्साहित छन् । बाँकेको राप्ती नदीबगर(सिधिनियाघाट)मा लगाईएको सखरखण्ड फत्तेसिंह चौधरीले ६० रुपैंँया प्रतिकिलो विक्रि गरिरहेका छन् ।

भदौको दोस्रो हप्ता लगाईएको सखरसण्ड गत मंसिर २५ गतेदेखि खन्न सुरुगरिएको थियो । अहिलेसम्म ३० क्विन्टल जति खनेर पनि बिक्रि भईसकेको छ । उनले १ विगाहमा लगाभएको सखरखण्ड कम्तीमा पनि ६० क्विन्टल फल्ने आंकलन गरेका छन् । उनले गरेको उत्पादन सब्जीमण्डी भाट–भटेनी तथा स्थानीय खुद्रा व्यापारीले लगायतले समेत बगरबाटै खरिद गरिरहेका छन् ।

कृषक चौधरी भन्छन्,–‘बजारको समस्या छैन । ५० हजार रुपैंयाको लगानी हो । होलसेलमा गएन भनेपनि खुद्रा व्यापारीले मात्रै पनि एक्कैछिनमा सक्छन् । यसमा खासै लगानी पनि चाहिन्न । रोप्यो अनि खन्न आयो ।’ उनले लगाएको सखरखण्ड २ किलोसम्मको पनि फलेको छ । नगदे बालीका रुपमा सखरखण्ड खेती उत्तम भएको उनको भनाई छ ।


डुडुवा गाउपालिकामा पर्ने राप्ती नदीको बगर कृषक चौधरीले ३ बर्षलाइ वर्षको ५० हजारका दरले खेत भाडामा लिएर उत्पादन सुरु गरेका थिए । सखरखण्ड खनेर सके लगत्तै तरभुज÷खरभुज लगाउने तयारी थालेका चौधरी उत्पादन र बजार राम्रो पाएपछि हौसिएका छन् ।

उनले विगत केहि बर्षदेखि व्यवसायिक रुपमा सखरखण्ड तथा तरभुज/खरभुज खेती गर्दै आईरहेका छन् । नदीको किनार वा बलौटे माटोमा यसको बढी उत्पादन हुने भएकोले पनि अरु बालीको तुलनामा थोरै खर्च र कम परिश्रमबाट मनग्य आम्दानी लिन सकिने भएकाले सखरखण्ड तथा तरभुज÷खरभुज प्रति आफ्नो आकर्षण बढेको उनी बताउछन् ।

हरिबोधनी एकादशी, मंसिरपूर्णिमा र माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेला र हाटबजारमा सखरखण्डको अत्यधिक बिक्री वितरण हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके २ बाट राप्रपा नेपालका अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

९ पुष २०८२, बुधबार ०९:००
नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा सो पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाको एकल नाम सिफारिस गरेको छ। बाँके क्षेत्र नम्बर २ बाट केन्द्रीय अध्यक्ष थापाको एकल नाम सर्वसम्मतिबाट सिफरिस गरिएको जनाउँदै राप्रपा नेपालका सहायक महामन्त्री […]