स्थानीय अर्थतन्त्र सुदृढ बनाउन युवा सहभागितामा जोड

सदरलाइन संवाददाता ११ पुष २०८२, शुक्रबार १८:५७
 

नेपालगञ्ज : स्थानीय अर्थतन्त्रको सशक्तीकरणका लागि युवा सहभागिता अपरिहार्य रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । नेपालगञ्जमा आज आयोजित नीति संवाद तथा कार्यशाला गोष्ठीमा सहभागिलेहरुले यस्तो बताएका हुन् ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय, नेपालगञ्ज–बाँकेको आयोजनामा आयोजित कार्यक्रममा नीति निर्माणदेखि कार्यान्वयनसम्म युवाको अर्थपूर्ण भूमिकामाथि छलफल गरिएको हो ।
कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय उत्पादन, रोजगारी सिर्जना, उद्यमशीलता र नवप्रवर्तनमा युवाको संलग्नताले स्थानीय अर्थतन्त्र मजबुत बन्ने धारणा राखे । युवालाई सीप, प्रविधि र लगानीमा पहुँच दिन सके स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोग सम्भव हुने उनीहरूको भनाइ थियो ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा प्रतिष्ठान नेपालको आयोजनामा तथा लुम्बिनी प्रदेश योजना आयोगको सहकार्यमा सम्पन्न गोष्ठीमा प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, शिक्षाविद्, नीति विज्ञ र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।


लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेग बहादुर भण्डारी, अर्थशास्त्री डा. सुदन कुमार ओली र योजना आयोग लुम्विनी प्रदेशका पुर्व उपाध्यक्ष डा.नहकुल केसीले स्थानीय अर्थतन्त्रको सवलीकरणका लागि युवाहरुलाई प्रविधिमा र अर्थ क्षेत्रमा बढाउन सकिने आवद्वताका बारेमा तथा सम्भावनाका बारेमा प्रस्तुतिकरण समेत गरेका थिए ।

नेपाल सरकारको निति तथा कार्यक्रमले समेत ८० को दशकलाई सुचना प्रविधिको दशक घोषणा गरिसकेको उल्लेख गर्दै विश्वविद्यालयका उप–कुलपति विनोद कुमार ढकालले सरकारले यहि समयमा सुचना प्रविधिबाटै १० खरब विदेशी मुद्रा भित्र्याउने लक्ष्य समेत लिएको जानकारी दिए । उनले भने,– ‘यो निति तथा कार्यक्रम अन्तर्गत पनि हामीले युवा जनशक्तिलाई सुचना प्रविधि क्षेत्रमा परिचालन गर्न सक्छौं । यसरी हाम्रो जनशक्ति परिचाालन पनि हुन्छ । अर्थतन्त्र सुदृढ पनि हुन्छ ।’

गोष्ठीबाट प्राप्त सुझावहरू आगामी नीतिगत प्रक्रियामा समेटिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन मिडिया सेन्टर

११ पुष २०८२, शुक्रबार १८:५७
काठमाडाै :  निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ । निर्वाचनका गतिविधिबारे जानकारी दिन तथा सञ्चारमाध्यमहरुसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रवारदेखि आयोगमै कार्यालय खडा गरी मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो । आयोगमा पत्रकार सम्मेलन गर्दै निर्वाचनसम्बन्धी सूचनाहरु एकीकृत रुपमा प्रवाह […]