
नेपालगञ्ज : नेपालगञ्जको धम्बोझी मध्यामिक विद्यालयमा अध्ययन गरी एमबिबिएसमा थारु क्लस्टरमा शतप्रतिशत स्कलरसिपमा एक नंम्बरमा सिफारिस हुन सफल विद्यार्थी विषेश थारुलाई विद्यालयले सम्मन गरेको छ ।
बुधबार धम्बोझी मध्यामिक विद्यालयलमा आयोजित सम्मान कार्यक्रममा बोल्दै विद्यालयको प्रधानाध्यापक बामदेव सुवेदीले मेडिकल शिक्षा काउन्सील परिक्षामा सफला हासिल गरेर विषेश थारुले विद्यालयको नाम राखेको बताए ।
‘गुणस्तरिय शिक्षाको लागि धम्बोझी मध्यामिक विद्यालयल सामुदायिक विद्यालयमा अब्बल भएको प्रमाणित भएको छ’ उनले भने । विद्यालयले उनलाई सम्मान पत्र र पाँचहजार नगदले सम्मान गरेको हो ।

सामुदायिक विद्यालयमा लगातार २ पटक देशभरमा ९ औ स्थनमा कायम रहन सफल धम्बोझी मध्यामिक विद्यालयलले शैक्षिक गुणस्तर कयम गर्न हरसम्भव प्रयास जारी राखेको छ ।
बाह्रबर्दिया–११ अकलघरुवा स्थायी बासिन्दा उनी एईई किसान मावि बाह्रबर्दियाबाट दिएका थिए । विद्यालयामा कार्यक्रम गरी आफुलाई सम्मन गरी आफ्नो हौसला बढाएको भन्दै शिक्षक तथा विद्यार्थीलाई धन्यबाद दिएका थिए ।



